नेवा:समुदायले परापुर्बकाल देखी नै कृष्ण चतुर्दशीको दिन पाँहा चर्हे
मनाउने गर्दछ, यस दिन लाई पिसाच चतुर्दशी पनि भन्ने गरिन्छ । पाँहा अर्थात
पाहुना र चर्हे अर्थात पर्व,बिहे गरि पठाइसकेका छोरीबेटीलाई घर ब्यवहारले
नभ्याइरहने हुँदा वर्षको एक दिन भएपनि
अनिवर्य रुपमा यस पर्वको उपलक्ष्यमा निम्तो गरेर भोज खुवाउने परम्परा
छ । यस दिन कन्तिपुर वरपर रहेको अजिमाहरु लगायत गणेश र भैरबहरु लाई पनि
खतमा राखी जात्रा गराउने परम्परा रहि आएको छ र बिशेष गरि यस दिनमा नाय्
खिँ बाजा पनि बजाइन्छ र ज्यापु समुदायले भने "हे राम गन वने गन च्वने वने
थास मदु दैब" भन्ने करुणा रस ले भरिएको राग गाउने गर्दछ । भने साँझपख
टोल,चोक,ननी,बहा:मा रहेको महदेव(लुकुमहाद्य)लाइ बिशेष प्रकारको भोज जोडेर
चढाइ पुजा आजा गरी परिवार सहित भोज खाने चलन रहिआएको छ ।
महदेव (लुकुमहाद्य)लाई दिइएको बत्तिको कुवांबाट गाजल थापी आखाँमा लागाउने
पनि गर्दछ जसबाट आखाँ तेजिलो हुन्छ भन्ने जनबिश्वास रही आएको छ,नेपलभासामा "
धुँ या मिखा काँ काँ छुँ या मिखा त्येला " भन्ने चलन छ !
यस पर्व सम्बन्धि किंबदन्ति यस प्रकार छ
सत्ययुगमा पार्वतीले श्री महादेवलाइ भन्नुहुन्छ : हे इश्वर, तपाई देवको पनि देव महादेव ,तपाइको अर्धांगिनी हुन पाउँदा म निकै खुसि छु ,तर म अनेक रुप धारण गरि बेला बेलामा मध्यपान,माँस ग्रहण गर्ने गर्दछु तर तपाई भने यस्तो खानेकुरा कहिले पनि खानुहुन्न , त्यसैले मलाई अलि अप्ठेरो महसुस भएको छ, त्यसपछि श्री महादेवले त्येसो होइन भनि आफै सुटुक्क कसैले नदेख्ने गरि लुकेर पिसाच रुपी महादेवले माँस,मदिरा,लावाजन्य खानेकुरा खाएर पार्वतीलाइ देखाउनु भयो !

त्यसैगरी "महाकाल तन्त्रे शिव बचन "शास्त्र अनुसार यस दिन
महदेव(लुकुमहाद्य)लाइ मासु, लाभा,रक्सी,थ्वं ,लुँबु , बह बुँ, आदि चढाई,
बत्ति बाट बनाइएको गाजल लागेर अष्टमात्रिका अजिमाहरुको दर्शन गर्नाले सर्ब
सिद्धि प्राप्त हुन्छ भन्ने उल्लेख छ । भने भोलि पल्ट अस्वयात्रा गर्नाले
भबिष्य ज्ञान पनि प्राप्त गर्ना सकिन्छ अर्थात् घोडा जति बेघले दौडन सक्छ
त्यतिनै देशमा दुःख कस्ट हराउने र सत्रुहरु नाश हुन्छ भन्ने मान्यताका साथ
घोडे जात्र मनाउने परम्परा रहिआएको छ |
( श्रोत:झीगु नख:चख:/पुण्य रत्न बज्राचार्य)- खस भाषामा अनुवादित
إرسال تعليق