काठमाडौं, २६ पुस : उच्च माध्यमिक
शिक्षा परिषद्ले कक्ष ११ को परीक्षाफल शुक्रबार सार्वजनिक गरेको छ । गत
जेठमा भएको परीक्षामा ४० प्रतिशत विद्यार्थी उतिर्ण भएका छन् ।
परीक्षामा जम्मा ४ लाख ३५ हजार १८ जना
परीक्षार्थी सहभागी भएकोमा १ लाख ९९ हजार ९ सय ८७ जना उतिर्ण भएका
उच्च माध्यमिक शिक्षा परिषदले जनाएको छ ।
उतिर्ण हुनेहरुमा नियमिततर्फ १ लाख ४९ हजार
७९ जना छन् भने आंशिकतर्फ ५० हजार ९ सय ८ जना छन् । झण्डै ६० हजार
विद्यार्थी एउटा विषयमा अनुनिर्ण भएका छन् । उनीहरुले फागुन २५ गते मौका
परीक्षा दिना पाउने छन् ।
मौका परीक्षा दिने परीक्षार्थीको लब्धांकपत्र फागुन पहिलो हप्ताभित्र उपलब्ध गराइसक्ने जनाइएको छ । परीक्षाफल www.hseb.edu.np , www.hseb.ntc.net.np मा हेर्न सकिन्छ ।
إرسال تعليق