आममाफी नदिन परमादेश
काठमाडौं, १८ पुस (ओएनएस) : सर्वोच्च
अदालतले अन्तरिम संविधानमा गठन गरिने भनिएको सत्य निरुपण तथा मेलमिलाप आयोग
फरक–फरक कार्यका लागि दुई वटा गठन गर्न सरकारलाई आदेश दिएको छ । विहीबार
सर्वोच्चले कामको प्रकृतिको आधारमा दुवै कार्यका लागि एउटा आयोगबाट गर्न
नसकिने फैसला गरेको हो ।
न्यायाधीशहरु कल्याण श्रेष्ठ, गिरिशचन्द्र
लाल र सुशीला कार्कीको विशेष इजलासले सत्य निरुपण तथा मेलमिलाप आयोग
अन्तराष्ट्रिय मापदण्डको बनाउन सरकारलाई परमादेश दिएको सर्वोच्चका प्रवक्ता
बाबुराम दाहालले जानकारी दिए । यो फैसलासँगै दशमहिना अघि सरकारले जारी
गरेको सत्य निरुपण तथा मेलमिलाप सम्बन्धि अध्यादेश संशोधन गर्नुपर्ने भएको छ
।सर्वोच्चले अध्यादेशका दफा २३, २५ र २९ संशोधन गर्न आदेश दिएको छ ।
फैसलामा गम्भिर मानवअधिकार उल्लघंन भएका
घटनाका दोषीलाई आममाफी दिन नसकिने सर्वोच्चको फैसला छ । गत चैतमा
राष्ट्रपति डा. रामवरण यादवले उक्त अध्यादेश जारी गरेका थिए । उक्त
अध्यादेशमा सरकारले चाहे आरोपीलाई आम माफी दिन सकिने व्यवस्था गरिएको थियो ।
अब सरकारले त्यस्तो आयोग सत्यनिरुपणका लागि एउटा र बेपत्ता नागरिकका लागि
अर्को गरी दुई वटा गठन गर्नुपर्ने भएको छ ।
दुई वर्ष अघि अधिवक्ता माधव बस्नेत र
अध्यादेश आएपछि द्वन्द्व पीडितले जाहेर गरेको रिट माथि सूनूवाई गर्दै
सर्वोच्चले त्यस्तो फैसला गरेको हो । यो आदेशसँगै वर्षै देखि रहेका
द्वन्द्व सम्बन्धि विवाद समाधान भएर जाने हुने आशा गरिएको छ ।
हालै भएको मुख्य दलबीचको चारबुँदे सहमतिमा पनि तत्काल उक्त आयोग गठन गर्ने उल्लेख थियो ।
७२ पेज लामो फैसलाका मुख्य अंशहरु यसप्रकार छन्
Post a Comment