यमपन्चकको अन्तिम दिन, आज भाइटिका

कात्तिक १९ – हिन्दुहरुको दोस्रो ठुलो चाड तिहार अर्थात यमपन्चकको अन्तिम दिन आज । भाइको पुजा गरी मुलुकभर भाइटिका लगाइन्छ । आजको दिन दिदी बहिनीले दाजुभाइहरुको निधारमा दिर्गायु र प्रगतीको कामना गर्दै सप्तरंगी टिका लगाइदिने चलन रहेको छ । दिदि बहिनीले आफ्ना दाजुभाइलाई टिका लगाइदिदा धार्मिक बिधि अनुसार मण्डप बनाई अष्ट चिरन्जिबीका साथै यमराज र यमुनाको पुजा गरी तेलको घेराहालेर ओखर फुटाई मखमली सयपत्रि र दुबोको माला लगाएर चिरायुको कामना गर्ने गर्दछन् । टिकाको साइतको प्रतिक सातवटा वा पाच वटा रंगको प्रयोग गरिनुका साथै सगुन मिठाई फलफुल ओखर कटुस मसला सेल रोटी दिने चलन छ । दाजुभाइले पनि टिका लगाइदिएर दिदिबहिनीलाई गच्छे अनुसार उपहार तथा दक्षिणा दिएर उनीहरुको अटल सौभाग्य सुख सम्मृद्धि र चिरायुको कामना गर्ने गर्दछन् । 

पौराणिक मान्यता अनुसार यमुनाले आफ्नो दाजु यमराजलाई बिशेष सम्मानका साथ पुजा गरी टिका लगाई दिर्गायुको कामना गरेको सम्झनामा भाइटिका लगाउने परम्परा चल्दै आएको हो । आफ्नो दिदिबहिनी नहुने दाजुभाइले आज राजधानीको यमलेश्वर महादेबको मन्दिरमा दर्शन गरी टिका लगाउने चलन छ । सो मन्दिर प्रत्येक वर्ष भाइटिकाको दिन मात्र खुल्ने गर्दछ ।

यसैबिच आज मैथिली र भोजपुरी समाजमा दाजुभाई दिदीबहिनी बीचको आत्मीय प्रेमको प्रतिकका रुपमा रहेका भ्रात द्धितिया पर्व धामिर्क विधि अनुरुप हर्साल्लासको साथ मनाइरहेका छन । दीर्घायू तथा सुखको कामना गर्दै यस समाजका दिदीबहिनीले दाजुभाइको पूजा गरी मनाउने चलन छ । यस पर्बमा दिदीबहिनीले हर्सोल्लासको साथ आफ्नो दाजुभाइका लागि मिठोमिठो खानेकुराको परिकार बनाउने चलन छ । बिहान नुहाइधुवाइ गरी घरको आगनमा पिठार चामलको पिठोको अर्पण बनाई त्यसमाथि सिन्दुर र अविरले सजाएर राखिएको ठाउँमा काठको पीर्कामाथि दाजुभाइलाई बसाएर उनको निधारमा टीका लगाई दिदीबहिनीले दाजुभाइलाई पूजा गर्ने गर्दछन् ।

Post a Comment

Previous Post Next Post