काठमाडौं, मंसिर ६ - पहिलो संविधानसभा निर्वाचनमा एमाओवादी र मधेसी दलबाहेकका पराजित शीर्ष नेता यसपटक सहजै जित्ने सहज आंकलन गर्न थालिएको छ ।
पहिलो संविधानसभामा देखिएको शीर्ष नेताको अभावपूर्ति यसपटक हुने भएको छ । एमाओवादी, कांग्रेस, एमाले र मधेसवादी अधिकांश शीर्ष नेताले जित्ने सम्भावना बढेको छ । अन्तिम मतपरिणाम आउन बाँकी रहे पनि शीर्ष नेताले अग्रता कायमै राखेका छन् ।
अघिल्लो संविधानसभामा सवैभन्दा ठूलो दल एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल दुई मध्ये एक क्ष्ाेत्रबाट जितेर संविधानसभामा पुग्दैछन् । काठमाडौं- १० बाट करिव करिव पराजयको स्थितिमा पुगेका दाहालको नयाँ रोजाईको क्षेत्र सिरहा- ५ संविधानसभा पुग्ने भर्याङ भएको छ ।
सिरहामा दाहालले एमालेका लीलानाथ श्रेष्ठलाई एक हजारभन्दा बढी मतले पछि पार्दै अग्रता कायमै राखेका छन् । एमाओवादीकै अर्का नेता एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि गृहजिल्ला गोरखाबाटै संविधानसभा पुग्दैछन् । अर्को रोजाईको क्षेत्र रुपन्देही- ४ मा भने भट्टराई एमालेका विष्णु पौडेलभन्दा पछाडि छन् ।
एमाओवादीका पूर्वउपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई भने मकवानपुर क्षेत्र नं. २ महंगो पर्ने निश्चित छ । अहिलेसम्म उनलाई एमालेका सुवास ठकुरीले पछि पारेका छन् ।
प्रत्यक्ष लडेका एमाओवादी नेताहरु वर्षमान पुन, नन्दकिशोर पुन, लीलामणि पोखरेल, गिरिराजमणि पोखरेल, देवेन्द्र पौडेल, रामचन्द्र झालगायतका दोस्रो तहका नेताहरु भने संविधानसभामा पुग्न रोकिने सम्भावना बढी छ । उनीहरु सुरुवाती परिणाममा पछाडि नै छन् ।
पहिलो संविधानसभामा दोस्रो ठूलो दल रहेको कांग्रेसका अधिकांश नेताले संविधानसभा टेक्ने निश्चितप्रायः छ । दुई स्थानबाट प्रत्यक्ष लडेका सभापति सुशील कोइराला बाँके-३ र चितवन- ४ बाट अग्रता कायमै राखेका छन् । उनी अघिल्लो संविधानसभामा पराजित हुन् ।
कोइरालाको भन्दा सहज जित निकाल्दै कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवाले संविधानसभाको यात्रालाई निरन्तरता दिंदैछन् । उनी पुर्ख्यौली थलो डडेलधुरा र नयाँ क्षेत्र कैलाली- ६ बाट सहजै जित्ने निश्चित छ । प्रारम्भिक मतपरिणाममा देउवा धेरै मतले अघि छन् ।
पहिलो संविधानसभा पुग्न नसकेका महामन्त्री कृष्णप्रसाद सिटौलाको लक्षण पनि झापा- ३ बाट शुभ देखिएको छ । उपसभापति रामचन्द्र पौडेल, निर्वाचित महामन्त्री प्रकाशमान सिंहले भने संविधानसभा यात्रालाई यसपटक पनि निरन्तरता दिने निश्चितप्रायः छ ।
पहिलो संविधानसभामा पराजित पूर्वअर्थमन्त्री एवं कांग्रेस नेता महेश आचार्य, नेता भीष्मराज आङ्देम्बेलगायत पराजित नेताहरु पनि संविधानसभामा प्रवेश गर्ने भएका छन् ।
अघिल्लो संविधानसभामा अधिकांश नेता गुमाएको एमालेले पनि सवै शीर्ष नेतालाई संविधानसभा पठाउँदैछ ।
अध्यक्ष झलनाथ खनाल गृहजिल्ला इलाम- १ र सर्लाही- १ बाट झिनो मतअन्तरले अघि छन् । तर उनकै जिल्ला इलाम क्षेत्र नं. २ का एमाले उम्मेदवार एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले भने कांग्रेसका भेषराज आचार्यलाई उछिन्न सकेका छैनन् ।
एमाले बरिष्ठ नेता माधवकुमार नेपालले काठमाडौं- २ बाट सहज जित निकाल्दैछन् भने रौतहट- १ मा कडा प्रतिस्पर्धामा छन् । अर्का प्रभावशाली नेता केपी शर्मा ओलीले झापा- ७ बाट जित्ने निश्चितप्रायः देखिएको छ । निकटतम प्रतिद्वन्द्वीलाई झण्डै आधा मतले पछि पार्दै ओलीले अग्रता कायमै राखेका छन् ।
एमाले सचिव शंकर पोखरेल दाङ- ४ मा कडा प्रतिस्पर्धा झेल्दैछन् तर अर्का सचिव विष्ण पौडेलले रुपन्देही- ४ बाट पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पाखा लगाउने संकेत गरेका छन् ।
एमाले उपाध्यक्ष बामदेव गौतमले बर्दिया- १ र प्युठान- १ बाट राम्रो संकेत गरेका छन् । उनी पनि अघिल्लो संविधानसभामा पराजित थिए ।
प्रमुख तीन दलबाहेक मधेसी दलका केही शीर्ष नेताहरु पनि सहजै संविधानसभामा आउन सक्ने संकेत देखिएको छ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार मोरङ- ७ बाट प्रतिस्पर्धामा रहे पनि सुनसरी- ३ बाट जित्ने संकेत देखिन्छ ।
मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको सुनसरी- ५ र मोरङ- ५ बाट अग्रस्थानमा छन् । तमलोपा अध्यक्ष महन्थ ठाकुरको क्षेत्र सर्लाही- ६ को प्रारम्भिक परिणाम आउन बाँकी छ ।
अन्य मधेसी नेताहरुमा तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्रप्रसाद यादव र सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोमध्ये एकजनाले मात्र संविधानसभा टेक्नेछन् । उनीहरु दुवैजना सर्लाही- ४ बाट उम्मेदवार छन् ।
तर राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारी, संघीय सदभावना पार्टीका अध्यक्ष अनिल झाको भीडन्त भने जटिल मोडमा पुगेको छ ।

www.ekantipur.com
Post a Comment