सेरा गाविसलाई छाउपडी गोठमुक्त घोषणा

अछाम, ३ मंसिर (ओएनएस) : अछाम जिल्लाको सेरा गाविसलाई छाउपडी गोठमुक्त गाविस घोषणा गरिने भएको छ ।
 
गाविसका एक देखी ९ सम्मका सबै वडा छाउपडी गोठमुक्त भईसकेपछि अब गाविसलाई नै छाउपडी गोठमुक्त घोषणा गर्न लागिएको हो । वडाका सबै महिनावारी हुने महिला तथा किशोरीहरु घरमै बस्न थालेपछि गाविसलाई मंसिर महिना भित्रै छाउपडि गोठमुक्त घोषणा गरिने भएको हो ।
 
नारी चेतना केन्द्र अछामको सक्रियतामा गाविसका महिनावारी हुने महिला तथा किशोरीहरु घर बस्न थालेका छन । नारी चेतना केन्द्रकी अध्यक्ष मना भण्डारीको अध्यक्षतामा आज गाविसमा भएको एक भेलाले गाविसलाई छाउपडी गोठमुक्त गर्ने निर्णय गरेको हो ।
 
यसअघि अछामका रिडिकोट, पायल र भागेश्वर गाविस छाउपडि गोठमुक्त गाविस घोषणा भईसकेका छन । महिनावारी हुँदा घरमा बस्दा विभिन्न घट्ना हुने अन्धबिश्वास हट्न नसक्दा अछाम लगायत सुदूरपश्चिमका अधिकांश जिल्लामा अझैपनि महिलाहरु घरभन्दा बाहिर छाउपडी गोठमै बस्ने गरेका छन ।

Post a Comment

أحدث أقدم