अछाम, ३ मंसिर (ओएनएस) : अछाम जिल्लाको सेरा गाविसलाई छाउपडी गोठमुक्त गाविस घोषणा गरिने भएको छ ।
गाविसका एक देखी ९ सम्मका सबै वडा छाउपडी
गोठमुक्त भईसकेपछि अब गाविसलाई नै छाउपडी गोठमुक्त घोषणा गर्न लागिएको हो ।
वडाका सबै महिनावारी हुने महिला तथा किशोरीहरु घरमै बस्न थालेपछि गाविसलाई
मंसिर महिना भित्रै छाउपडि गोठमुक्त घोषणा गरिने भएको हो ।
नारी चेतना केन्द्र अछामको सक्रियतामा
गाविसका महिनावारी हुने महिला तथा किशोरीहरु घर बस्न थालेका छन । नारी
चेतना केन्द्रकी अध्यक्ष मना भण्डारीको अध्यक्षतामा आज गाविसमा भएको एक
भेलाले गाविसलाई छाउपडी गोठमुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि अछामका रिडिकोट, पायल र भागेश्वर
गाविस छाउपडि गोठमुक्त गाविस घोषणा भईसकेका छन । महिनावारी हुँदा घरमा
बस्दा विभिन्न घट्ना हुने अन्धबिश्वास हट्न नसक्दा अछाम लगायत
सुदूरपश्चिमका अधिकांश जिल्लामा अझैपनि महिलाहरु घरभन्दा बाहिर छाउपडी
गोठमै बस्ने गरेका छन ।
Post a Comment