गाडी चलाउन सरकारको आग्रह

काठमाडौं, २५ कात्तिक (ओएनएस) : सरकारले सरकारी कर्मचारीलाई बन्दमा अनिवार्य गाडी चलाउन निर्देशन दिएको छ । गाडी नचलाए कार्यलय प्रमुखलाई विभागीय कारवाही गर्ने पनि सरकारले चेतावनी दिएको छ । बन्दमा गाडी तोडफोड भए  सरकारले ९० प्रतिशत क्षतिपूर्ति दिने निर्णय गरिसकेको छ ।  
बन्द निष्प्रभावी बनाउन सरकारले काठमाडौं उपत्यकामा सेना परिचालनसहित विशेष कसरत गरिएको छ ।  हतियारबद्ध सेनासहित प्रहरी र सशस्त्र प्रहरीहरू सडकमा व्यापक उतारिनेछ । बन्दकारीका गतिविधिबारे सूचना संकलन गर्न आइतबारैदेखि सादा पोसाकका सुरक्षाकर्मी परिचालन गरिएका छन् ।
बन्दलाई निष्प्रभावी गराउन प्रहरीलाई अग्रपंक्ति  त्यसपछि सशस्त्र  र अन्तिम घेरामा सेना राखी गस्ती, चोक सुरक्षा र सडक निगरानीको व्यवस्था मिलाइएको छ । सरकारले सार्वजनिक यातायातका साधान चलाउन पनि आग्रह गरेको छ ।
त्यस्तै उद्योग बार्णिज्य महासंघले पनि यातायातका साधान चलाउन आग्रह गरेको छ ।  बन्दले देशको प्रगति नहुने भन्दै महासंघले बन्दको विपक्षमा उभिन सबैलाई आग्रह गरेको छ । सरकारले आमहड्ताल विफल बनाउन मुख्य सडक, गल्लीमा सुरक्षा कर्मी परिचालन गरेको बताएको छ ।  नेपाली सेनाले पनि सुरक्षाका लागि गस्ति गरिरहेको गृहमन्त्रालयले जनाएको छ ।
प्रहरीका प्रवक्ता गणेश केसीले नेपाल प्रहरी र शसस्त्र प्रहरीले कडा सुरक्षा बनाएको दावी गर्नुभयो ।  प्रहरीले ठाउँ ठाउँमा राखिएको शंकास्पद बस्तु बम नभएको र आतंकित पार्नमात्र प्रयोग गरेको बताएको छ । ठाउँ ठाउँमा बन्दको अवेज्ञा भएको छ ।
चितवनमा एमाओवादीले मोटरसाइकल र्याली निकालेको छ । बन्दलाई असफल पार्न र्याली निकालेको बताएको छ । त्यस्तै उदयपुरमा सर्वसाधारण बन्द्य खुलाउन माग गर्दै सडकमा उत्रिएका छन् । 

बन्दको बेला साझा बसको राहत
बै बस चल्न थालेको साझा यातायातका कार्यकारी अधिकृत पदमलाल महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार दुई रुटमा साझाका ८/८ वटा बसले सेवा दिइरहेका छन् ।
उपत्यका प्रहरी कार्यालय रानीपोखरीका अनुसार साझा बससँगै अहिले टेम्पो, माइक्रो र सार्वजनिक गाडि समेत चल्न थालेका छन् । सरकारले मुख्य सडकमा जनपथ, सशस्त्र र म्यादी प्रहरी खटाएको छ भने भित्री सडकमा नेपाली सेना खटिएको छ ।
- See more at: http://ujyaaloonline.com/news/26755/Sajha-Bus-/#sthash.P66oz9mi.dpuf
 काठमाडौ, कात्तिक २५ – नेकपा–माओवादी नेतृत्वको मोर्चाले आह्वान गरेको आमहडतालको कारण सोमबार सार्वजनिक गाडी ठप्प जस्तै छन् । तर दुई रुटमा चल्ने साझा बसले आफ्नो सेवालाई निरन्तरता दिएपछि यात्रुले केही भएपनि राहत महसुस गरेका छन् ।

कलंकीबाट कालिमाटी, त्रिपुरेश्वर, थापाथली, बानेश्वर, कोटेश्वर, सिनामंगल हुँदै एयरपोर्टसम्म तथा लगनखेलबाट जावलाखेल, पुल्चोक, थापाथली, त्रिपुरेश्वर, सुन्धरा, लैनचौर, महाराजगञ्ज हुँदै नयाँ बसपार्क रुटमा आफ्ना बस चलिरहेको साझा यातायातले जनाएको छ ।
यात्रु बोकेका साझा बसमा हतियार सहितमा चारजना प्रहरी सुरक्षार्थ तैनाथ छन् । विहान केहीबेर ग्यारेजमै थन्किएपनि अहिले बै बस चल्न थालेको साझा यातायातका कार्यकारी अधिकृत पदमलाल महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार दुई रुटमा साझाका ८/८ वटा बसले सेवा दिइरहेका छन् ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका अनुसार साझा बससँगै अहिले टेम्पो, माइक्रो र सार्वजनिक गाडि समेत चल्न थालेका छन् । सरकारले मुख्य सडकमा जनपथ, सशस्त्र र म्यादी प्रहरी खटाएको छ भने भित्री सडकमा नेपाली सेना खटिएको छ ।

Post a Comment

أحدث أقدم