काठमाडौ,कात्तिक १० print
काठमाडौ,कात्तिक १० print
एकै परिवारका सदस्यहरु फरक-फरक पार्टीका
भएपछि गुल्मीमा चुनावी रौनकसँगै
पारिवारिक मतभिन्नता र चिसोपनसमेत बढेको पाइएको छ । अरु बेला
सम्बन्ध सामान्य
भए पनि राजनीतिक मतभिन्नताका कारण पारिवारहरुबीच कटूता देखिएको आजको
नयाँ पत्रिकामा खबर छ ।
सदरमुकामसँग जोडिएको अर्खले १ चेक्मी
गाउँका गोपाल मरासिनी र उनका बाबु
मित्रलालबीच बोली नमिसिएको पनि महिना दिन हुन लाग्यो ।
काठमाण्डौंबाट एकीकृत
नेकपा माओवादीको चुनावी प्रचारमा आएका गोपालले घरको धुरीमा लगेर पार्टीको
झन्डा गाडेपछि उनीहरुबीच सम्बन्ध चिसिएको छ ।
कांग्रेसका वडा कमिटी अध्यक्षसमेत रहेका
उनका बाबु मित्रलालले मुर्मुरिँदै
छोराले धुरीमा गाडेको झन्डा उत्तिखेरै फालिदिए । फेरि गोपाल
विहानै उठेर गाडिहाले
। अहिले उनको घरमा झन्डा गाड्ने र उखेल्लने क्रम चलिनै रहेको छ ।
'के
गर्ने,
बुढापाखाहरुलाई सम्झाउनै सकिदैन,' गोपालले
भने,'
यो गाउँका पुरै युवा एमाओवादीमा के गएका थियौ बुढाहरुले विरोध
गरेर बसिखान दिएका छैनन्।'
चुनाव आउदेखि मरासिनी परिवारमा जस्तो
राजनीतिक मतभिन्नता र कटुता प्रायः
सबै परिवारमा रहेको छ । विशेषतः बुढापाकाहरु कांग्रेस बढी मन
पराउने, युवाहरु कोही
एमाले त कोही माओवादीमा लागेपछि परिवारमा मनमुटाव बढेको हो । त्यसो त वृद्धभत्ता
ल्याएको र त्यसलाई निरन्तरता दिएकाले पनि कतिपय परिवारमा वृद्धहरु कम्युनिष्टमा र छोराछोरी
कांग्रेसमा हुँदा प्रचारमा आउने
नेताहरुलाई चिया खुवाउन पनि नाक खुम्चयाउनुपर्ने अवस्था छ ।
जिल्लामा छोरी एकातिर
बहिष्कारको नारा लगाउँदै गर्दा अर्को तिर एमाओवादीका जिल्ला सदस्य बाबु
चुनाव प्रचारको माइक फुकिरहेका छन् ।
स्रोत सेतोपाटी डट कम
Post a Comment