२०७० कार्तिक ५ मंगलबार:- मंसिर ४ गते हुन लागेको दास्रो संविधानसभा निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं ५ बाट मुख्य राजनीतिक दलहरुका कोको उम्मेदवारहरु उठेका छन् र तीनिहरुलाई नै मतदान किन ? भन्ने सवालमा यहाँ तीनिहरुको घोषणा प्रत्र तथा प्रतिबद्धता पत्रलाई प्रस्तुत गर्दैछू । यस्तो छ तीनिहरुका घोषणा प्रत्र तथा प्रतिबद्धताहरुः
एकीकृत नेकपा (माओवादी) काठमाडौं निर्वाचन क्षेत्र नं ५ का उम्मेदवार महेन्द्र श्रेष्ठलाई 'गोलाकारभित्रको हँसिया हथौडा' चिन्हमा मतदान
किन ?
- अघिल्लो संविधानसभाले टुङ्गयाउन
नसकेका विषयहरु राज्य पुनर्संरचनालाई सदियौं देखि जातीय तथा क्षेत्रीय उत्पीडनमा
रहेका आन्तरिक राष्ट्रियतालाई सम्बोधन गर्ने पहिचान र अधिकार
तथा सामथ्र्य सहितको संघिय प्रणालिको व्यवस्था गर्न, अर्को
विषय शासकीय स्वरुपमा भ्रष्टाचार, कुशासन र अस्थिर
राजनीतिको पर्यायवाची बनेको संसदीय प्रणालिको ठाँउमा राष्ट्रिय स्वाधिनताको खम्बा, राजनीतिक स्थिरताको सुनिश्चितता, भ्रष्टाचार र कुशासनका विरुद्ध प्रभावकारी ढंगले
लड्न सकिने जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी अधिकार सहितको राष्ट्रपतिय
प्रणालीको सुनिश्चित गरी नयाँ संविधानको ग्यारेन्टी गर्न ।
- मुठ्ठीभर हुनेखाने पहुँचवाला
अभिजात वर्गको लागिमात्र हुने बुर्जुवा लोकतन्त्र होईन किसान, मजदुर र सम्पूर्ण उत्पिडित जनताको लागि हुने
समावेशी, समानुपातिक र सहभागितामुलक लोकतन्त्रको सुनिश्चित
गरी मुलुकलाई सामाजिक न्याय सहितको तीव्र आर्थिक समृद्धीको बाटोमा हिडाउन पूर्ण
रुपले सर्मपित हुने ।
- बिकास निर्माण, शान्ति सुरक्षा, सामाजिक
सुरक्षा, बेरोजगार समस्या समाधान, लगायतका कामहरुमा सधै दृढ प्रतिवद्ध रहि हरेक दुःख
सुखमा जनताकै साथमा रहने ।
- शिक्षा, संस्कृति, खेलकुद, साहित्य, कला र संगीतको
उत्थानका निम्ति सधै समर्पित रहने ।
- समाजका अग्रजहरुको पूर्ण
सम्मान गर्ने, देशको जनशक्तिलाई आफ्नो समाज र मुलुकको उन्नतीको
पक्षमा क्रियाशिल बनाउन उत्प्रेरित गर्ने र नयाँ पुस्ताका युवाहरुलाई सक्षम, सवल र आत्मसम्मानित बनाउन हरदम समर्पित रहने ।
नेकपा (एमाले) काठमाडौं निर्वाचन क्षेत्र नं ५ का उम्मेदवार महासचिव ईश्वर पोखरेललाई
‘सूर्य’ चिन्हमा मतदान
किन?
- पूर्णकालीन नेताका रुपमा विगत ४३ वर्षदेखि मुलुकमा निरंकुशताको अन्त्य र
लोकतन्त्रको प्राप्ति तथा त्यसको सम्बद्र्धनमा लागिरहनु भएकाले,
- नेकपा (एमाले)को महासचिवजस्तो उच्च नेतृत्वमा रहेर पार्टीको संगठनलाई
विस्तार र समृद्ध गराउन अनवरत क्रियाशील रहनुभएकाले,
- उपप्रधानमन्त्रीका हैसियतमा विभिन्न मन्त्रालयहरुको जिम्मेवारी लिई
मुलुकको शासन व्यवस्था संचालन गरेको गहिरो अनुभव हासिल गरेकाले,
- अन्तर्राष्ट्रिय क्षेत्रमा राम्रो सम्पर्क–सम्बन्ध बनाउँदै नेपालको
छविलाई अझ उचाईमा पु¥याउनसक्ने क्षमता भएकाले,
- नेपालको आर्थिक समृद्धि र विकासलाई प्रमुख मुद्दाको रुपमा लिएर स्पष्ट
दृष्टिकोण दिनसक्ने नेतृत्वदायी क्षमता भएकाले,
- माओवादीका पूर्व लडाकूहरुको समायोजन र व्यवस्थापन गर्ने÷गराउने कार्यमा
‘सेना समायोजन विशेष समिति’को सदस्यका हैसियतले शान्ति प्रक्रियालाई
निष्कर्षमा पु¥याउने नेतृत्वदायी भूमिका निर्वाह गरेकाले,
- स्पष्ट वक्ता र स्वच्छ छवि भएको तथा विषयको गहिराइसम्म पुगेर तार्किक
अभिव्यक्ति दिनसक्ने गुणका सरल र व्यवहारवादी व्यक्तित्व भएकाले,
- काठमाडौं क्षेत्र नं. ५ लाई आफ्नो स्थायी बसोबास र कर्मथलो बनाई यसको
भौतिक, संरचनागत र क्षेत्रगत विकासमा निरन्तर योगदान गर्दै आउनुभएकाले,
- संविधान निर्माणमा महत्वपूर्ण जिम्मेवारी लिनसक्ने प्रभावकारी नेतृत्व
भएकाले,
- हरेक व्यक्तिले सहज पहूँच र सम्पर्क बनाई आफ्नो समस्या राख्नसक्ने र
समस्या समाधान गर्नका निम्ति लागि पर्ने कार्यशैली भएकाले र
- यस निर्वाचन क्षेत्रमा बाटो–घाटो निर्माण, फोहर–मैला व्यवस्थापन,
स्व–रोजगारीको अवसर सिर्जनालगायतका कामहरु गर्नुपर्ने भएकाले !
सङ्घीय समाजवादी पार्टी काठमाडौं क्षेत्र नं. ५ का उम्मेदवार लालबहादुर
तामाङ्लाई 'छाता' चिन्हमा भोट किन ?
२.गणतन्त्र, लोकतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व नयाँ संविधानमा संस्थागत
गर्न
३. उत्पीडित उपेक्षित आदिवासी, महिला, दलित, अपाङ्गको
अधिकार सुनिश्चित गर्न
४. वर्गिय उत्पीडनमा परेका खस आर्य जातिको अधिकार र प्रतिनिधित्व
सुनिश्चित गर्न ।
५. नेवाः ताम्सालिङ, शेर्पा, किराँत, लिम्बुवान, मगरात, थरुहट, कोचिला, तमुवान, खसान, जडान स्वायत्त
प्रदेश स्थापना गर्न ।
६. दोश्रो संविधानसभामा पहिचान सहितको संघीयताको पक्षमा सशक्त बहस पैरवी
गर्न र पहिचान विनाको संघीयता संविधान जारी गर्ने षड्यन्त्रलाई रोक्न ।
७. विशेष आर्थिक रुपान्तर, वातावरणीय
भौतिक विकासको माध्यमबाट क्षेत्र नं.५ लाई समृद्ध र एउटा विशेष नमूना क्षेत्र
बनाउन
८. क्षेत्र नं.५ मा आवश्यक सम्पूर्ण विकाश निर्माण योजनाहरुलाई पारदर्शि, प्रभावकारी एवं शतप्रतिशत जनताको सहभागितामा
कार्यान्वयन गर्न ।
९. सबै जातजातीको मातृभाषा, धर्म तथा
संस्कृतिको संरक्षण तथा विकासको लागि पर्याप्त बजेटको व्यवस्था गर्न
१०. युवाहरुको लागि विशेष कार्यक्रम सहित स्वरोजगारको लागि सरकारबाट
निब्र्याजी ऋणको व्यवस्था गर्न ।
११. किसानहरुको लागि आवश्यक मलखाद, सिचाई, बिउविजन तथा कृषि उत्पादनका लागि उचित बजार
व्यवस्थापन गर्न ।
नेपाल मजदुर किसान पार्टी काठमाडौं निर्वाचन क्षेत्र नं ५ का उम्मेदवार राजवीर डंगोललाई 'मादल' चिन्हमा मतदान किन?
- उत्पादनका मुख्य मुख्य साधन राष्टियकरण गराउन,
- शिक्षा र स्वास्थ्य निशुल्क गराउन,
- योग्यताअनुसार काम र कामअनुसार ज्यालाको व्यवस्था गराउन,
- व्यक्तित्व विकासमा समान अवसर प्रदान गराउन,
- जमिन जोत्नेलाई वितरण गर्ने क्रान्तिकारी भूमिसुधार लागु गराउन,
- शोषणविरुद्धको हकको व्यवस्था गराउन,
- टुहुरा, टुहुरी अपा ,विधुवा, असहायको जीवन सुनिश्चित गराउन, ज्येष्ठ नागरिकलाई जीवनको सुनिश्चितता र आदर निकेतन सुविधाको अधिकारको व्यवस्था गराउन,
- गाविस र नगरपालिकाको प्रत्येक वडामा शिशुशाला र बालोद्यानको व्यवस्था गराउन,
- युवाहरुलाई स्वदेशमै रोजगारको व्यवस्था गर्न र रोजगारी नभएसम्म भत्ताको व्यवस्था गराउन,
- युवाहरुलाई अनिवार्य खेलकुद, शारीरिक शिक्षा र सैनिक शिक्षा दिने व्यवस्था गराउन,
- १६ वर्ष उमेर पुगेकालाई मतदानको व्यवस्था गराउन,
- कामदार वर्गलाई राज्यको सबै निकायमा समानुपातिक प्रतिनिधित्व गराउन,
- देशको ५० प्रतिशत बजेट स्थानीय निकायमार्फत् खर्च गरी विकास निर्माण गराउन,
- सम्पत्तिको सीमा तोक्न र विदशमा सम्पत्ति राख्न नपाउने व्यवस्था गराउन, अहिमाल, पहाड र तराई समाबेश भएको १४ सड्घीय प्रदेशको व्यवस्था गराउन,
- कर्णाली अन्चल र अन्य पिछडिएको क्षेत्रको विकासको लागि विशेष व्यवस्था गराउन,
- प्राकृतिक स्रोत साधन र देशला दीर्र्घकालीन असर पर्ने सन्धि र सम्झौता संसदको दुई तिहाई बहुमतबाट पारित गर्ने प्रावधान राख्न लगाउन,-
- प्रत्यक्ष निर्वाचित राष्टपतीय शासन र संसद सदस्य मन्त्री बन्न नपाउने वन्दोबस्त गराउन,
- न्यायालय, सेना, प्रहरी प्रमुख सम्बन्धित क्षेत्रबाट निर्वाचन गराउन,
- अर्को व्यवस्था नभएसम्मको लागि तत्काल स्थानीय निकायको निर्वाचन गर्ने व्यवस्था गराउन,
إرسال تعليق