
यस शिविरमा हाड जोर्नी तथा नसा सम्बन्धी, नाक कान घांटी बाल रोग, मधुमेह परिक्षण, छाला तथा यौन रोग ,दन्त रोग, दम रुघा खोकी ज्वरो
,हाडजार्नी
तथा नसा सम्बन्धी र जनरल सर्जरीका साथै पेटका विरामीहरुको लागि भिडियो एस रे को
समेत सेवाहरु उपलब्ध हुनेछ । साथै यस शिविरमा निःशुल्क औषधि पनि वितरण गरिने
क्लबका अध्यक्ष रमेश नापितले जानकारी दिनु भयो । शिविर विहान १० बजे देखि ४ बजे
सम्म चल्ने छ ।
त्यस्तै भिन्न रुपले सक्षम मानव स्याहार केन्द्र टोखाले पनि भोलि नै
निःशुल्क आँखा शिविर कार्यक्रमको आयोजना गरिने भएको छ । सो शिविर केन्द्रको
कार्यालय गणेशथानको पछाडी देर्चामा हुनेछ । शिविर विहान १० बजे देखि सुरु हुनेछ ।
आफ्ना परिवार तथा विरामीहरुलाई उक्त निःशुल्क शिविरको बारेमा जानकारी
गराईनुका साथै उपस्थित गराई मौकाको फाईदा उठाउँन पनि आयोजकहरुले अनुरोध गरेको छ ।
Post a Comment