सावधान ! सरसफाइको नाममा सयैको स्वास्थ्यसँग खेलवार गरिदै छ

 ०७०भाद्र १४-जनगुनासो र भावनालाई नतेरी एकलौटी ढंगले टोखा चण्डेश्वरी गाविस वडा २ देरचा स्थीत सार्वजनीक ठाउँमा टोखा गंगबु सरसफाइ प्रा.लि.ले टारबार लगाएर फोहर थुपारी ड्रम्पीङ्ग साइट बनाउने कार्य गरिरहेको छ । टोखा र गंगबु क्षेत्रको समेत सना तथा ठुला गाडीबाट फोहोरहरु धमाधम फाल्ने कार्य भइरहेको छ । दुर्गन्धका कारण उक्त स्थानमा अहिले हिड्न बटुवाहरु लाई समेत मुस्किल भई रहेको छ ।

२० भन्दा बढी घर रहेको ठाउँमा यसरी एकलौटी ढंगले फोहोर फाल्दा त्यस आसपासमा रहेका सयौँ  मानिसहरु अहिले फोहोरको दुर्गन्धबाट हैरानिमा परेका छन् । साथै सँगै रहेको लक्ष्मीपुर इङ्गलिस स्कुलमा अध्ययन गर्ने ससाना विद्यार्थीहरुको अहिले मुख र नाकँ थुनेर आवत जावत गर्न बाध्य भइरहेका छन् । उक्त फोहोरबाट आउने दुर्गन्धका कारण पठन पाठनमा समेत असर पारिरहेको शिक्षक शिक्षिकहरुको गुनासो छ ।

“यसरी जनगुनासो र भावनालाई बेवास्ता गरी मनपरि एक्लौटी ढंगबाट जनताको स्वास्थ्यमाथी खेल्बाल गर्ने अधिकार कसैलाई पनि छैन । यस्ता गल्त प्रवृद्धी र कार्य तुरुन्त बन्द गनु पर्छ ”स्थानीय बासिन्दा बिक्रम श्रेष्ठ भन्नु हुन्छ ।

शैलेश डंगोल भन्नु हुन्छ–“सरसफाई अभियानको हामी पूर्ण समर्थन गर्छौ । तर सरसफाईको नाममा कुनै बस्ती र समुदायलाई नै असर हुने गरि अनूचित ठाउँमा फोहर थुपार्ने र जनताको स्वास्थ्यमा गम्भीर खेलवाद गरी सरसफाई कार्यलाई पैसा कमाउने मेसो बनाएको हो भने जनस्तरबाट त्यसको भण्डाफोर गर्नपर्छ । सामूदायिक छलफलबाट फोहरमैला ब्यवस्थापनको लागि उचित पहल गर्नुपर्छ ।”

स्थानीय बासिन्दाले गा.वि.स.मा बुझाएको पत्र
एकलौटी ढंगले फोहार फाल्ने कार्य रोक्नका लागि स्थानीय बासिन्दाहरले मिति २०७० भाद्र ३ गते स्थानीय वासिन्दाको स्वीकृति बिनानै मानव बस्ती तथा विद्यालय रहेको र ऐतिहासिक धार्मिक स्थाल चण्डेश्वरी मन्दिर जाने मुल बाटो रहेकोछ । स्थानीय बासिन्दा, विद्यार्थी लगाएत उक्त बाटोमा हिड्डुल गर्ने बटुवा सबैलाई नकरात्मक असर पार्ने भएकोले, यस्ता गैर जिम्मेवारी कार्य तत्काल बन्द गराउँन स्थानीय प्रशासन गाउँ विकास समिति कार्यालयलाई यस विषयमा ध्यानाकर्षण गराउँदै निबेदन दिएको थियो ।

यहाँहरुलाई अवगत गराउँ अहिले जुन ठाउँमा फाहोर फाल्ने काम भई रहेको छ गत महिनामा त्यही नै बाटो भासिएर गएको थियो ।
समाचार श्रोतका अनुसार त्यस स्थानमा बाटो भासिएकाले बाटो भासिनबाट रोक्नका लागि त्यहाँ प्रा.लि ले फोहोर फालेर डम्पिङ्ग साइट बनाउन लागिएको हो । त्यसै त कमजोर स्थानमा झन फोहोर थुपार्दा बाटोको अवस्था कस्तो होला हामी सहजै अनुमान गर्न सकिन्छ ।

टोखालाई नजिकबाट नियाली लाम्रो समय देखी पत्रकारीतागर्दै आइरहेका प्रकाश डंगोल यस विषयमा आफ्ना यस्तो धारणा राख्नु हुन्छ –“टोखाको फोहरले वातावरणमा प्रतिकूल असर पारिरहदा गंगबुबाट समेत फोहर टोखामा थुपार्ने कार्यले टोखालाई के फोहर फाल्ने डम्पिंग साईटको रुपमा विकास गर्न लागेको त हैनन ? भन्ने प्रश्न स्थानीय जनताहरुमा उठिरहेको छ । बरु यसले पछि दुरगामी असर पार्न सक्छ । निजि क्षत्रले केही दिनयता देखी टोखाको फोहर ब्यवस्थापन गर्ने जिम्मा लिएकोमा धन्यबादको पात्र एवं बधाईका पात्र त हुन नै तर सडक सबैका साझा हुन, दुर्गन्ध फैलिने गरी फोहर फालेर बाटो संरक्षण हुन सक्छ भनि सोच्नु महापाप हुन जान्छ । के ति बाटोको सम्पूर्ण जिम्मा उसले लिएको छ र ?”

स्थानीय जनगुनासा र स्थानीय प्रशासनको आग्रहलाई समेत वेवास्तागरि झन जस्ताले बार घेरेर एकलोटी रुपमा फोहोर फाल्ने कार्य जारिदै छ । यदी स्थानीय बासिन्दाको स्वास्थ्य, वातावरणलाई सफा र स्वच्छ बनाउने उद्देश्यले कार्य गरेको हो भने तुरुन्त यस्तो गलत कार्य रोकिनु पर्दछ । यसको साटो अन्य विकल्प खोज्नु टोखा गंगाबु सरसफाई प्रा.ली.ले आवश्यक भई सकेको छ । होइन भने यस कार्यबाट वातावरण र मानिसमा पर्नजाने क्षेति/असरको जिम्मेवारीको भागेदारी स्वांयम प्रा.लि.ले लिनु पर्नेछ ।

Post a Comment

Previous Post Next Post