श्रावण २ गते- टोखालाई खुल्ला दिशा मुक्त गाविस घोषणा गने उद्देश्यले
आज एक दिवसीय अन्तक्रिया कार्यक्रम टोखा सरस्वती गाविस भवनको सभाकक्षमा सम्पन्न भयो । टोखाको दुबै गाविसका प्रत्येक घरघरमा शौचालय निर्माण गरे पश्चात दुबै
गाविसलाई खुल्ला दिशा मुक्त गाविस घोषणा गर्ने छन् ।
तर कार्यक्रममा सहभागी युवाहरुले
टोखालाई खुल्ला दिशा मुक्त क्षेत्र बनाउन यति प्रयासले मात्र सम्भव नहुने तर्क
गरेका थिए । शौचालय बनाउदैमा मात्र खुल्ला दिशा मुक्त क्षेत्र भनेर घोषणा गर्न
नमिल्ने भन्दै शौचालय बाट निस्केका बस्तुहरु ढल हुदै खुल्ला खोलामा मिसाउदा वातावरण
र पर्यायवरणमा असर पुग्ने र त्यसलाई सहि रुपमा व्यवसिथत नभए सम्म टोखालाई खुल्ला
दिशा मुक्त क्षेत्र घोषण गर्नुको कुनै औचित्य नभएको विचार राखेका थिए ।
उक्त कार्य गोष्ठीमा बोल्ने अधिकांशले मौलिक सास्कृतिक महत्व बोकेको
गाउ भएकोले दुबै गाविस मिलेर टोखाला सफा सुन्दर र स्वच्छ बनाउनलाई पनि टोखालाई
खुल्ला दिशा मुक्त गाविस घोषण गर्नु पर्ने तर्क प्रस्तुत गरेका थियो । दुबै गाविस
निर्वतमान सचिवहरुले टोखालाई ब्यवस्थित रुपमा सुन्दर र सफा बनाई आन्तरिक तथा
बाहिरी पर्यतक भित्र्याउन सकिने भन्दै यस तर्फ ध्यान दिन उपस्थितहरु समक्ष आग्रह
गर्नु भयो ।
पछिल्लो तथ्यांक अनुसार टोखा चण्डेश्वरी र सरस्वती गाविसमा क्रमशः
१५०/१०५ घरमा हाल सम्म ब्यवसिथत शौचालय छैन् । यो तथ्यांकलाई पून दोहोर्याएर भएको
माथीको तथ्यांक ६ महिना पहिले गाविस र वडा नागरिक मञ्चले लिएको थियो । शौचालय
निर्माणका लागि दुबै गाविसले प्रत्येक घरलाई रु.एक हजार रुपैया र जिविसको तर्फबाट
रु.१२ हजार रुपैया आर्थिक रकम प्रदान गर्नेछ ।
यति कुराले मात्र टोखालाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्न भन्ने सकिने अवस्था छैन । जब सम्म ब्यस्थित सार्वजनीक शौचालय बनाउन सकिन्दैन तब सम्म मुस्किलै छ । साथै जन स्तरबाटै यस सम्बन्धी जनचेतना नजगाए सम्म यसले पुनता पाउन सकिने देखिन्दैन ।
फेरी लिने तथ्यांकको आधारमा कार्यक्रम तय गर्दै अगाडी बढ्ने जिल्ला
प्राविधिक कार्यलयका अध्यक्ष रामशरण खड्का ले भन्नु भयो । कार्यक्रम जिल्ला
प्राविधिक समितिको आयोजनामा टोखा चण्डेश्वरी र सरसवती गाविसको संयुक्त रुपमा भएको
थियो ।