काठमाडौं, आश्विन २८ । सर्वसाधारणले दशैंका बेला लोडसेडिङमा भने केही राहत
पाउने भएका छन् । प्राधिकरणले दशैंका बेला सातामा १८ घण्टा लोडसेडिङ गर्ने
तालिका सार्वजनिक गरेको हो । नयाँ तालिका कात्तिक ५ देखि १३ सम्म लागू हुने
प्राधिकरणले जनाएको छ ।
यस अवधिभर सातामा ५ दिन दुई घण्टा र २ दिन ४ घण्टामात्रै लोडसेडिङ हुनेछ । यसैबीच सूर्यास्तको समयमा आएको परिवर्तन संगै अन्य समयको लोडसेडिङ तालिका पनि केही परिवर्तन गरेको छ ।
सोमबार देखि लागूहुनेगरी प्राधिकरणले सार्वजनिक गरेको नयाँ तालिका अनुसार अब सातामा ४६ घण्टा लोडसेडिङ हुनेछ । यस अनुसार सातामा ४ दिन ७ घण्टाका दरले र ३ दिन ६ घण्टाका दरले बत्ति जाने छ । यस अघि सातामा ४९ घण्टा लोडसेडिङ हुँदै आएको थियो । Download newloadshedding.pdf