असार ११ काठमाडौ-टोखा-अविसिन्ना मेडी नेपाल प्रा.लिले टोखा चण्डेश्वरी गा.वि.सको उत्तरी क्षेत्र गलुख्वात (टोखाको ऐतिहासिक तथा धार्मित स्थल सपनतिर्थबाट करिव १०० मिटर उत्तर गुवाद्यः संगै)मा २५ रोपनी सार्वजनिक जग्गा मिचेको छ । स्थानिय प्रशासनलाई समेत जानकारी नदिन आफ्नो शैक्षिक संरचना भताभत निर्माण कार्य अगाडी बढाए पछि गा.वि.सले कार्यालयमा सम्पर्कका लागि सम्बन्धि अविसिन्ना मेडी नेपाल प्रा.लिलाई पत्राचार गरेको थियो । गा.वि.ससँग कुनै स्वीकृति नलिई, जनताको राय सुझाव समेत नलिई मनपरी ढंगले भैरहेको कार्य गतिविधी रोक्न गा.वि.सले १ हप्ताको पत्र काटेको थियो । ऐतिहासिक सपनतिर्थ मुहान खोलालाई पाईमा रुपान्तरित गरी खोलालाई ढलमा परिणत गर्ने प्रयास भएको थियो।
विकासले विनास त निम्त्याउछ तर दीर्धकालिन विनास उत्पादन गर्ने कार्य र नेपालको कानूनले नदिएको खोलामा ह्यूम पाईप हाली काम गर्ने कार्य शैलीको कानूनी उपचारको खोजी गर्न आवश्यक भएको छ । अविसिन्न मेडी नेपालका आधिकारीक ब्यक्तिलाई योजना प्रस्तुतीको लागि गाविसमा उपस्थित हुन भनिएको थियो । तर अविसिन्ना मेडी नेपाल प्रा.लिले उक्त पत्राचारलाई व्यवास्ता गरे पछि शुक्रवार गाविसले जिल्ला प्रशासन कार्यालयमा सोको बारेमा पत्राचार गरेको थियो। जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई पत्राचार गरेपछि गत शुक्रबारै पत्र चलानी भएको केही घण्टामै चौकीको प्रत्यक्ष निगरानी भई आवश्यक कारबाही अगाडी बढिरहेको छ ।

गलुफातमा अविसिन्ना मेडी नेपाल प्रा.लिले करीव ६० रोपनी जग्गा एकिकृत रुपमा किनेको थियो । यी जग्गाको विच विचमा झण्डै १० रोपनी शार्वजनिक जग्गाहरु रहेका छन् । निकुञ्जको छेउछाउमा समेत यस अघिका जग्गाधनीहरुले झण्डै १२ रोपनी जग्गा मिचेको छ । यसरी हिसाव गर्दा पनि सामान्य रुपमा २२ देखी २५ रोपनी शार्वजनिक जग्गाहरु रहेका छन् । जसलाई अविसिन्ना मेडि नेपाल प्रा.लिले आफ्नो पकडमा राख्न खोजिएको छ र सोही मुताविक कामहरु भईरहेका छन् ।
अन्तत टोखा चण्डेश्वरीको गलफाट चाक्यगुडोलमा भैरहेको अतिक्रमण र ऐतिहासिक सपनतिर्थ मुहान खोलालाई ह्यूम पाईमा कैद गरी ढलमा परिण गर्ने कार्यको सर्वत्र विरोध भई गा.वि.सले माथिल्लो निकाय जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई पत्राचार गरेपछि गत शुक्रबारै पत्र चलानी भएको केही घण्टामै चौकीको प्रत्यक्ष निगरानी भई आवश्यक कारबाही अगाडी बढिरहेको छ ।
आज दिउसो २ बजे अविसिन्ना मेडि नेपाल बालुवाटारले आफ्नै कार्यालयमा टोखाका जिम्मेवार राजनीतिक दललाई छलफलका लागि बोलाएको छ । जुन निकै ढिला भैसके । राजनीतिक दलका प्रतिनिधीहरुले पनि सो संस्थाले गा.वि.सको सम्पर्कमा रही टोखामै आएर गा.वि.सको रोहवरमा आफ्नो पाईटल प्रोजेक्ट लञ्च गर्न सक्नुपर्ने अडानका साथ सहभागी नहुने जनाउ दिएका छन् ।
यस विषयमा टोखाका राजनितिक दल गैर गैरराजनीतिक दल, सामाजिक संघ संस्था सर्वपक्ष एक धिक्का भई सो कार्यको घोर विरोध गनुपर्छ । झण्डै २५ रोपनी जग्गालाई आफ्नो निगरानीमा राखी ब्यवसायीक खेती गर्न लागेको ब्यापारीक निकाय प्रति कोही ब्यक्ति विक्री वितरण हुनुहुन्न भन्ने हाम्रो मान्यता हो । नेपालका राष्ट्यि संचार माध्यमले समेत यस विषयलाई फोकस गरिरहेका छने । हामी निरन्तर यस विषयलाई फलोअप गर्दै जानेछौ हामी सँगै रहि रहनु होला ।
(समाचार सामाग्रि टोखा चण्डेश्वरी गाविसको आधिकारीक सामाजिक सञ्जाल फेसबुक बाट)
إرسال تعليق