2069जेष्ठ ३१ गते- समयमा नै मनसुन नभए पछि टोखाका किसानहरु निकै नै चिन्तित भएका छन । रोपाइका लागि राखिएको धानको वीउँमा पानी नभै दिंदा धमाधम वीउँ पहेलो र नष्ट हुँदै गए पछि झन चिन्तित भएका हुन । खेति गर्ने समयमा मनसुन नभै दिंदा धानको वीउँ बचाउन चिन्तित भएका किसानहरु पानीका लागि यताउता भौतारिरहेका छन । लामो खडेरीका कारण पानीका मुहानमा समेत पानी छैन खानका लागि समेत पानी नभै रहेको अवस्थामा वीउलाई बचाउँ राख्न कुवा खोला र खानका लागि राखिएको पानी समेत घरबाट लगि वीउँमा पानी दिन बाध्यभै रहेका छन ।
समयमा नै मनसुन नभै दिंदा किसान हैरान
news of tokha
0
Post a Comment