
औपचारिक शिक्षा कक्षा ४ सम्म मात्र रहेका गौतमले भने, 'फर्निचर पसलबाट बचेको समय यसमा खर्चेको हुँ ।' उनले अनुमति पाए हेलिकोप्टर उडाउन तयार भएको बताए । पारिवारिक प्रेरणाले उत्साही भएको बताउने गौतम आफूजस्ता नयाँ काम गर्न चाहने युवालाई सरकारले सहयोग गरे सजिलो हुने बताउँछन् । त्रिलोक एयर नाम दिइएको हेलिकोप्टरमा चालकसहित ३ जना बस्न मिल्ने बनाइएको छ ।
प्रकाशित मिति: २०६९ जेष्ठ २२ ०४:२९- ईकान्तिपुर
Post a Comment