के भनेर गणतन्त्र आएको खुशियाली मनाउने?

जेठ १५ गते- आज गणतन्त्र दिवस, तर आज के भनेर गणतन्त्र आएको खुशियाली मनाउने? नेपाली जनताको सारा आशा अनि सपना खरानि भएको छ । युगिन परिवर्तन र ऐतिहासिक मोडमा देशले फेर्न लागेको नयाँ काँचुलि र लाखौ नेपाली जनताले दिएको बलिदान अन्तत विना उपलब्धी  त्यतिकै खेर गएको छ । आआफ्नो स्वार्थलाई शिरोपर गरी देशलाई खोक्रो पार्ने काम नेपालका राजनेताहरुले गरे जुन सिंगो मुलुकका लागि एउटा घाटक विषको रुपमा परिन्त भइदिएको छ । नेपाली जनताको आशाहरु खरानि भैरहेको अवस्थामा कसरी आज गणतन्त्र दिवस मनाउने ?

आफ्नो स्वार्थका लागि जुन नेपाली राजनीतिज्ञहरुले फोहोरी राजनीति गरे त्यसले त उनीहरुलाई घाटा त पुर्याएको छ नै साथमा नेपालको ऐतिहासिक मोड नयाँ संविधान निर्माण गर्नेकाम अधुरो नै रह्यो । जुन देशका लागि निकै नै घाटक सावित भैदियो । मुलुको हितलाई भन्दा आफ्नो कुर्सी प्राप्तीका लागि मरिमेति लागेका नेताहरुलाई के एउटा संविधान निर्माण गर्न चार/चार वर्ष समय कम थियो र ? हामीले नयाँ संविधान निर्माण हुन नसक्नुमा विदेशी शक्तिहरुलाई पनि दोष दिन सक्छौ तर उनीहरुलाई दोषदिएर के गर्ने जब हामी हामी नेपालीहरु नै एक अर्का संग पैठेजोडी खेले पछि एउटा भनाई नै छ नि भाइ फुटे गवार लुटे - हामी हामी लडि रह्यौ तर अरुले त्यसको फाइदा उठाइ रह्यो । किन हामी एक अर्का वीच मिल्न सकेनौँ यदि हामीले  कुर्सी मोहलाई त्यागि मुलुकको  मुद्दालाई शिरोपर गरी लागेको भए सायद यो दिन आउने थिएन । तर विड्म्बना चार चार वर्षको त्यत्रो लागनी र राष्ट्रको अर्बै सम्पति खरानि भैदिएको छ ।
अब यस कुरालाई मन्न गरी विगतमा भएका कमि कमजोरीलाई सच्याएर सबै दल एक ढिका भै राष्ट्रिय स्वार्थला आत्मा साथ गरी समृद्ध नयाँ नेपालको निर्माणको बाटो तर्फ लाग्नु सिवाय अर्को कुनै बाटो छैन । आशा गरौँ यो दुघटनाले हाम्रा नेताहरुले राम्रो पाठ सिकुन । नेपाली जनताले कडाइका साथ नेताहरुलाई खबरदारी जरौँ हाम्रो रगत पसिना बगाए र तीरेको कर उनीहरुको नैतंकिका लागि होइन हाम्रौ भलाइको लागि समुन्नत नेपाल निर्माणका लागि लागनी गर्न दबाब दिउ ।  
गाउँ गाउँ बाट उठ् वस्ती वस्ती बाट उठ यो देशको मुहार फेर्नलाई उठ्
 

Post a Comment

Previous Post Next Post