हरायो ।
केही दिनदेखि साँच्चै हरायो ।
मेरो देश हरायो,
मेरो देशको शान्ति हरायो,
स्वयम्भुका दुई आँखा करुणा र स्वज्ञानले गिज्याइरहेछन् मेरो हराएको देशलाई ।
तर दरछैन मलाई किनकि मेरो देश त हराइसकेछ ।
विश्कै शान्तिप्रीय मेरो देशमा
आज कतिवेला के पड्कने हो थाहा छैन ।
एउटा पड्काइमा कतिको आशा खरानी हुन्छन्,
कति चेलि विधवा बन्छन,
कति नावालकहरु टुहुरा बन्छन,
कति आमाहरुको सहारा पड्कन्छ,
तर पनि पड्कन्छन मेरो देशमा
किन भने यहाँको शान्ति हराएको छ ।
फेरी केहि वर्षदेखि मानविय संवेदना हरायो
मानवता हरायो
रोल्पाको पीडा झापामा पुग्दैन,
सिन्धुलि र अर्घाखाँचीको चित्कार राजधानीमा सुनिदैँन,
त्यसैले होला
सिन्धुलि र अर्घाखाँचीमा शान्ति हराउँदा,
कयौँ निर्दोषहरुको भविष्य खरानी बन्दा,
राजधानीमा मादल बजिरहेका थिए,
महान सभ्यता र सँस्कृतिको ।
कक्षाकोठामा बारुदका धुँवा सँगै स्कुले बालकको
जिन्दगी हरायो जीउनुको अर्थ हरायो ।
राष्ट्रसेवकहरुले राष्ट्रको सेवा गर्दा,
नैतिकता र इमान्दारिता हरायो,
भ्रष्ट्रहरुले भ्रष्टचारको विरोध गर्दा,
भ्रष्ट्रचारको अर्थ हरायो,
तर पनि पिर छैन मलाई
किनभने मेरो देश त हराइसकेको छ ।
कालापानीमा राष्ट्रियता हरायो,
पशुपतिनगरमा सिमा स्तम्भ हरायो,
विश्वमा नेपालीको वीरता हरायो,
नेपाली पोशाकको मौलिकता हरायो,
हरेक कुराहरु हराउन थालेका छन
हराउनु यहाँको नियती बनिसकेको छ ।
खोज्ने मान्छे कतै छैन
मेरो हराएको देशलाई
बनाउने मान्छै कतै देखिदैन,
वेवारीस मेरो देशलाई
खरानी बिक्री गर्नकै लागि आफ्नै घर डढाइदैछ ।
स्वाभिमानलाई बन्धक राखेर बैरी सामु झक्नुपरेको छ ।
तर अझै मलाई आशा छ,
मेरो देश पाइन्छ भन्नेमा
अझै मलाई विश्वास छ,
मेरो देश भेट्टाउन सक्छु भन्नेमा,
के तिमी मलाई साथ दिन्छौँ,
मेरो हराइरहेको देश खोज्ने कार्यमा ?
Post a Comment