April 21- हिन्दु धर्मालम्वीहरुले मातातिर्थ औंषीलाई आमाको मुख हेर्ने
दिनको रुपमा लिइन्छ । आज आमाको मुख हेर्ने दिन आज आफुलाई नौ महिना सम्म कोखमा राखि दुःख पीडा
कष्ट सहेर यो संसार देखाउने माया ममताले कयौ पीर व्यथा झेलेर हुर्काएकी आमालाई
सम्मान गर्ने दिन । आफ्नी जननीलाई सम्मानका साथ पूजा गरी आफ्नो गच्छेले भ्याए
सम्मको कोसेली दिइ मिठाइ खुवाएर मनाउदै छ आज । एकअर्का प्रति आफ्नो प्रेम स्नेह सातासात
गर्ने यो हर्षमयपल संसार भरका आमाहरु प्रति सुस्वास्थ्य तथा दिर्घायुको कामना ।
नेपालको सन्दर्भमा
ईतिहासको पाना पल्ट्याएर हेर्ने हो भने यो परम्पराको शूरुवाट नेवार समुदायबाट भएको
देखिन्छ । आफुलाई जन्म दिने आमालाई सम्मान गर्ने पर्व भएर होला विस्तारै अन्य
समुदायमा पनि विस्तार हुँदै गयो । यसरी राम्रो संस्कार विस्तार हुनु राम्रो पक्ष
हो नै । यसरी नेवार समुदायबाट सुरु भएको यो परम्परा अन्य समुदायमा पनि आ-आफ्नै
महत्व रहला तर नेवार समुदायमा यसको विशेष महत्व राख्दछ ।
टोखाका नेवार
समुदायमा यसरी आमाको मुख हेर्ने गरिन्छः
यस दिन आमाको मुख
हेर्ने आआफ्नो चलन र परम्परा होला तर नेवार समुदायमा आजको दिन विशेष रुपले महत्व
राख्दछ । यस दिन आमा नहुनेहरु नजिकको खोला तथा मन्दिरमा गएर नुहाइ धुवाइ गरी मृतक
आमा प्रति श्रद्धाका साथ पूजा गर्ने गरिन्छ । आमा हुनेहरुले भने घरको निश्चित
ठाउँमा सुर्य उदाउने पुर्व पटी गाईको गोवरले भुइ पोति शुद्ध पारिन्छ । त्यस पछि आफुलाई
जन्म दिने आमा बुबा दुबैलाई सँगै बसाइन्छ । पूजाको थालमा पूजाको सामाग्री तयार
गरिन्छ आमा बुबा बसेको अगाडी दिर्घायुको कामना सहित सुकुन्दा बलिन्छ । घरका जेष्ठ
छोरा वा छोरीबाट पालैपालो सबै छोराछोरीहरुले पहिला बुबा र आमालाई पालैपालो
विधिवतरुप बाट पूजा गर्ने गरिन्छ । आफ्ना जन्मदाताहरुको सुस्वास्थ्य र दिर्घायुको कामना गर्दै उसिनिएको
अण्डा सिंगो माछा दहि सहित सगुन दिइन्छ । त्यस पछि आफ्नो गच्छेले भ्याए सम्मको
उपहार दिइन्छ । यसरी आफ्ना
आमा बुबाको पूजा गरी सके पछि आमा बुबाले आफ्ना छोराछोरीलाई टिका लगाइ दिन्छ र सँगै
बसेर भोज खाने गरिन्छ । यसरी वर्षको दुई दिन आमार बुबाको मुख हेर्ने गर्दछ ।
Post a Comment