बेरोजगारीमा फस्टाउँछ नेटवर्किङ


गोकर्ण अवस्थीकाठमाडौ, फाल्गुन २९ - गोल्डक्वेस्ट, युनिटी, भिओपी अनि अहिले आएर हर्बो सर्वसाधारणले चिनिसकेको नेटवर्क मार्केटिङ सञ्जाल हुन् । यससँगै झन्डै दर्जन अरू नेटवर्क मार्केटिङ सञ्जाल सञ्चालनमै छन् । आधा दर्जनजति नेटवर्क मार्केटिङ गर्नेहरू आए, केही रकम बटुले अनि हराए । यसको पत्तो धेरैले पाएनन् ।
गोल्डक्वेस्ट गैरकानुनी भएकाले बन्द भयो । युनिटीका सञ्चालक फरार छन् । भिओपीमा ठगीको विषय मिडियामा आएपछि मात्रै सरकार जुर्मुराएको छ । हर्बो इन्टरनेसनलबाट ठगिएका गुनासाहरू एकपछि अर्को गर्दै आइरहेका छन् । गोल्डक्वेस्टबाट सुरु भएको यस्तो सपना बेच्ने व्यापार अवैधानिक भएर पनि किन राकिँदैन
त ? 'जहाँ बेरोजगारी र सूचनासम्मको पहुँच कम हुन्छ त्यस्ता देशमा नेटवर्क मार्केटिङ फस्टाउने हो,' अर्थविद् चन्द्रमणि अधिकारी भन्छन् । मुलुकमा करिब ५ प्रतिशत युवा पूर्ण बेरोजगार छन् । काम गर्न सक्ने झन्डै आधा जनसंख्याले आंशिक मात्रै रोजगारी पाएको छ ।'अरूलाई निश्चित रकम लिएर सदस्य बनाउँदै जाऊ र करोडपति बन' भन्ने नाराका साथ आउने यस्ता व्यवसायका मुख्य व्यक्तिहरू त करोडपति मात्रै होइन अर्बपति पनि बन्न सक्छन् ।
तर उनीहरूको सञ्जालमा छिरेका सोझासाझा जनताको भने सपनामा झुल्दाझुल्दै सामाजिक प्रतिष्ठा र रकम दुवै गुमिसकेको हुन्छ । अर्थशास्त्रको सिद्धान्त विपरीत धनी बन्न सकिने सपना चेतनाको स्तर कम भएकालाई मात्र बेच्न सकिन्छ ।
सिद्धान्त के हो भने अर्थतन्त्रमा लगानी नभई रोजगारी बढ्दैन । श्रम नबेची ज्याला पाइँदैन । मुलुकमा लगानी नभएपछि यो तथ्य नबुझेकाहरू धनी भइहालिन्छ कि भनेर नेटवर्क मार्केटिङको पछि लाग्छन् ।
सरकार निरीह छ । न रोजगारी दिन सक्छ न त जनता ठग्नेलाई कारबाही नै गर्न सक्छ । यस वर्ष समयमै बजेट आएर पारित भएको थियो । तर वर्षको दुई तिहाई समय बितिसक्दा पनि विकास निर्माणका लागि छुट्याइएको पुँजीगत खर्च १५ प्रतिशत पनि भएको छैन । पछिल्लो ५ वर्षमा औद्योगिक क्षेत्रको विस्तार ० दशमलव ३ प्रतिशतको झिनो दरले भयो ।
लगानी र रोजगारीको सम्भावना भएको जलविद्युत्लाई राजनीतिसँग जोडेर काम हुन सकेको छैन । विदेशी लगानीका माथिल्लो कणर्ाली र अरुणलाई माओवादीले राष्ट्रघाति देख्छ । गुपचुप रूपमा पश्चिम सेती बनाउन चीनको थ्री गर्जेजलाई दिन्छ । त्यसको विरोध हुन थालेपछि आयोजना नबन्ने सम्भावना बलियो हुँदै गएको छ ।
बिजुली नहुँदा उद्योग पूरा क्षमतामा चल्न सकेका छैनन् । श्रम र सेवाको लागत बढेको छ । विश्व बैंकले दुई वर्षअघि गरेको अध्ययनले औद्योगिक वातावरण नहुनुको २९ प्रतिशत कारण लोडसेडिङ हो । 
योभन्दा ठूलो ६२ प्रतिशत हिस्सा श्रम विवाद सहितको राजनीतिक अस्थिरताको छ । विराटनगरको सूर्य गार्मेन्टस मजदुर आन्दोलन थेग्न नसकेर बन्द भयो । ५ सय महिला सहित ६ सयले रोजगारी गुमाए । १० बर्षयता झन्डै ४ सय गार्मेन्ट उद्योग बन्द भएका छन् । झन्डै ९० हजारले प्रत्यक्ष रोजगारी गुमाए ।
सरकार र निजी क्षेत्र दुवैले लगानी गर्न नसकेपछि रोजगारी बढ्ने कुरै भएन । 'यसरी रोजगार नभएपछि छिट्टै धनि बन्ने सपना कसैले देखाए युवाहरू त्यतै लाग्छन्,' अधिकारीले भने ।
यसमा योजना आयोगका उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीको बुझाइ फरक छ ।

प्रकाशित मिति: २०६८ फाल्गुन

ekantipur.com

Post a Comment

أحدث أقدم