टोखामा खानेपानीको पाइप विछ्याउने कार्य तीव्र

टोखा-फागुन २९ सोमबार-टोखा बृहत खानेपानी तथा सरसफाई उपभोक्ता समितिले टोखा वस्तीको घरघरमा खानेपानी वितरण लागि खानेपानीको पाई विछ्याउने कार्यलाई तीव्ररुपमा अगाढी बढाइरहेको छ । तेस्रो चरण अन्तर्गत पाइप विछ्याउने काम लगभग ७५ प्रतिशत सकिसकेको छ । सरस्वती गाविसको सबै ठाउँमा पाइप विछ्याउन सकिसकेको छ भने चण्डेश्वरी गाविसमा  पाइप विछ्याउने काम तीव्ररुपमा अगाढी बढाइरहेको  छ ।

पाइप विछ्याउ सकिसके पछि घरघरमा खानेपानीको वितरण गर्ने समितिले जानकारी दिएको छ । घरमा धारा जडान गर्न रु.१००००/- शुल्क लाग्ने छ । बृहत खानेपानीको आयोजनाको शुरुवाटमा २९ दिन घरका लागि १ दिन टोखाका लागि भन्ने नाराका अनुसार १ दिन बराबरको अनुदान ज्याला बराबर ५ वर्षको पुरा अनुदान यस १००००/- रकममा जोडिएको छ । यसका साथै आवेदन शुल्क पानी नाप्ने मिटर शुल्क यसैमा जोडिएको छ । 

खानेपानी वितरण भए पछि शुरुमा ट्यायल पिरेडमा भने प्रत्यक घरलाई मासिक १०००० लिटर पानी दिइनेछ । मासिक शुल्कको हकमा भने रु.१००/-रुपैया लाग्ने समितिले जानकारी दिएकोछ । यो शुल्क हलकालागि अन्तीम नभएको जानकारी दिदै यस विषयमा कसै चित्त नबुझेमा वार्ता गरी मुल्य समायोजन गर्न सकिने छ ।

काकाकुल बनेका टोखावासीका लागि यो योजनाले कतिको सहयोग गर्नेहो त्यो भने हेर्न बाँकी नै छ । आशा गरौँ यो योजनाले टोखावासीलाई खानेपानीको समस्यावाट मुक्त गर्न सकोस ।

प्रकाशित मिति २०६८ फागुन २९ गते

2 Comments

  1. १०००० रूपैयाँ अलि ज्यादा भएन र? गाबिसको पैसाले बनेको हैन र यो योजना?? सेवा हो या व्यवसाय हो यो??

    ReplyDelete
  2. यो आयोजना गाविसको पैशाले बनेको होइन । यो आयोजना आवासका लागि लुम्नती र केयु.केएल युएन.हाविटास गैरसरकारी क्षेत्रको करिव एक करोडको लगानीमा शुरु भएको हो । विस्तृत जानकारीका लागि यो लिंकमा हेर्नुस http://newsoftokha.blogspot.com/2010/01/blog-post_4837.html

    ReplyDelete

Post a Comment

Previous Post Next Post