अपडेट न्युज
२०६८/११/१४- टोखामा प्रहरी चौकि राख्नका लागि फाल्गुण ८ गते महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठको अगुवाईमा बृहत भेला बोलाएता पनि उक्त भेला बस्न सकेन । स्थानिय युवाहरुले त्यसको चर्को विरोध गर्दै फाल्गुन ८ गतेको भेलामा पेश गर्न बृहत हस्ताक्षर संकल्न गरेको थियो । सायद विरोध हुने पुर्व आभाष पाएर होला उक्त बृहत भेला स्थागित गरेको ।
प्रहरी चौकि राख्नका लागि खुल्ला बहश नगरी भित्रभित्रैबाट दलहरु सँग कुरा गरी चौकि राख्ने लगभग निश्चितनै भैसकेको छ । सुन्नमा आए अनुसार भुतखेल क्षेत्रको नजिक चौकी राख्ने सबै कार्य सम्पन गरिसकेको छ । तर त्यसो त विरोधमा उत्रिरहेका युवाहरुलाई प्रहरीको यो कार्यले झन उनिहरु प्रतिको विश्वास घटेको छ । भेला बोलाएर स्थागित गरी विना जानकारी यसरी अन्तिम निर्णयमा पुगेकोले प्रहरी प्रशासन र दलका प्रतिनिधिहरुलाई समेत विश्वास गर्न नसकिने अवस्थामा पुगेको बताइ रहेका छन् । यदि टोखाको सामाजिक सुरक्षाका लागि प्रहरी चौकि राख्न लागेको हो भने किन बृहत भेला गरेन ? किन टोखाबासीको कुरा सुनेन त ? यसबाट पनि स्पष्ट बुझ्न सकिन्छ कि प्रहरी प्रशासनको नियतिमा पकै ठुलो खोट छ ।
युवाहरुले प्रहरी चौकिको आवश्यकता नभएको भनेका छैनन् । यति मात्र भनि रहेका छन् कि देशमा नयाँ सिविधान जारी नभए सम्म चौकि नराखियोस । बाल प्रेमीखेलकुड मण्डल र टोखा युवा क्लबको अगुवाइमा बृहत हस्ताक्षर कार्यक्रम गरेको थियो । हस्ताक्षर संकलनमा यस्तो नारा लगाइएको थियोः
१.प्रहरी माथि जनताको अविश्वास ।
२.प्रहरी प्रशासनको नराम्रो छकी ।
३.सुरक्षाको नाममा वृद्धि हुन सक्ने असुरक्षाको खतरा ।
४.मौलिक टोखालाई प्रहरी प्रशासनले गर्न सक्ने दमन
५.चौकी स्थापना पछि जनतामा लादन सक्ने विविध कर ।
६.नियम मिच्ने र ठुला हुनेखानेको सुरक्षा दिने प्रहरी स्वयं भ्रष्टचारी हुन सक्ने कारण ।
७.देशमा नयाँ संविधान जारी नभए सम्म
८. देश संघीय संरचना र स्वायत्ततामा लम्की रहेको अवस्थामा यसको तड्कारो अवश्यक नभएको ।
Post a Comment