आज घ्यः चाकु सल्हु अर्थात माघे स‌ंक्रान्ति

Photobucket
माघ १ गते आइतवार-आज घ्य चाकु सल्हु अर्थात माघे स‌ंक्रान्ति देश भर घ्युउ चाकु तरुल खाएर मनाइन्दै छ । विशेष गरी नेवाः समुदायमा यसको छुट्टै महत्व रहेको छ । विवाहित महिलाहरुले आजको दिनमा आफ्नो लोग्नीको कमाइ खान नहुने र  माईतमा गएर खानु पर्ने भन्ने मान्यता रहेको छ । यस दिन घरका मुलिले सबैको टाउँकोमा तोरिको लेत हालि दिने परम्परा गरहेको छ । त्यस पछि सम्या बजि खाने गरिन्छ जसमा चिउरा,भटमास, माछा, छोयला, तरुत, मुला, चाकु घ्युउ, तीलको लदु (हाम्वो) मिश्रित खानेकुराहरु परिवरहरु सामुहिक बसेर खाने गरिन्छ । जाडो महिना  चाकु खानाले शरिरमा न्यानो दिने काम गर्ने जनविश्वास रहन्दै आइ रहेको छ। आजको दिनमा पहिला ज्वाईहरुलाई बोलाएर भोज खुवाए पनि यस दिन भने ज्वाईहरुलाई बोलाउने गरिन्दैन ।

Post a Comment

أحدث أقدم