संयोग...


रात्रिकालिन प्रहर 
एउटी अबला नारी
बिना डर त्रासले 
आफ्नो गण्तव्यमा
लम्कीदै छिन ।

बीच बाटोमा केही युवाहरु
मातिएको सुरमा हाहा हुहु गर्दै
नशाको संसारमा
डुबिरहेको छ ।

ती एउटी अबला नारी 
देखेर
ती शैतानहरुले
नशाको मातमा
यौवन लुट्ने योजना बुँन छन् ।

अगाडी लम्कि रहेकी
त्यो अबला नारी
निडर भई उनीहरुकै
अगाडी बाट 
आफ्नो गणतब्यमा
लम्कीन् छिन् ।

नशामा मातेका ती शैतानहरु
झम्तीन खोज्छन् ।
उनी भाग्छिन
ती शैतानहरु लखेट्छन् ।

बीच दोबाटोमा
उनी रोक्छिन
काला लामा केश
चहकीलो सेतो पहिरण
पहिरिएको नारीमा 
परिनत हुन्छिन्

एक्काशी ती शैतानहरु
यत्र तत्र भाग्छन्
ती युवती त किच्कन्या
पो रहेछिन ।
- सुबि
२०६८÷÷२५ गते

1 Comments

  1. यो पद्य कविता तपाईहरुलाई कस्तो लाग्यो ?

    ReplyDelete

Post a Comment

Previous Post Next Post