टोखा बृहत् खानेपानी आयोजनाले सार्वजनिक लेखा परिक्षण गर्ने..


ने.सं.११३२ कछला गा( कार्त्तिक २९)-टोखा बृहत् खानेपानी तथा सरसफाई उपभोक्ता समितिले यहि मंसिर ३ गते विहान ८ः०० बजे सरस्वती गाविस भवनमा“खानेपानी तथा सरसफाई समस्याको दिगो समाधान” विषयक अन्तरकृया गर्ने भएको छ । यसका साथै “टोखा खानेपानी तथा सरसफाई आयोजनाको सार्वजनिक लेखा परिक्षण ”पनि गर्ने भएको छ । स्थानिय स्तरबाट यस आयोजनाको बारेमा विभिन्न टिकाटिप्नीहरु आए पछि उक्त आयोजनाको बारेमा समस्त टोखाबासीहरुलाई जानकारी दिनका लागि यो सार्वजनिक अन्तक्रिया गर्न लागिएको हो ।
यस आयोजनाले चण्डेश्वरी गाविस अन्तरगत पर्ने चण्डेश्वरी नि.मा.वि. सँगैको प्रति जग्गामा डिप बोरिङ्ग गर्नेकाम सम्पन्न गरी सकेको छ । उक्त बोरिङ्ग स्थलबाट गणेशस्थान हुँदै मुल सडकबाट सरस्वती गाविस अन्तरगत पोखरीसम्म खानेपानीको पाइप लाइन बिछ्याने काम सम्पन्न गरी सकेको छ । यो खानेपानी आयोजना लुमन्ति आवासका लागि सहयोग समुह र युएन हाविटाट केयुकेलको आर्थिक तथा प्राविधिक सहयोगमा अगाडी बढ्ेको थियो । यस आयोजनाकालागि युएन हाबिटाटले प्राविधिकका साथै रु ७५ लाख आर्थिक अनुदान दिएको थियो । यस आयोजनका लागि स्थानिय दुई गाविसले सरस्वती र चण्डेश्वरी , जिविस आर्थिक वर्ष २०६६/६७मा रु ३१ लाख ५० हजार विनियोजन गरेको थियो ।

Post a Comment

Previous Post Next Post