भुकम्पको महशुस

ने सं ११३२ (कार्तिक २७ ) काठमाडौं-आज बिहान करिब ५ः३३ बजे काठमाडौमा भुकम्पको महशुस गरियो । सामान्य हलचल भएको यो भुकम्पले खासै असर भने पारेन । बिहानीपख आइएको भएकाले पनि खासै मानिसहरुले चाल भने पाएन । यो फेरी फर्किएला किन भने डर भने सबैको मनमा रहिरहेको छ ।
(अपडेट)
गोरखा सदकरमुकामबाट ५०किलोमिटर उत्तर केन्द्र भएर भुकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ ।बिहान करिव ५ः३३ बजे गएको भुकम्प ५ रेकटर स्केलको रहेको केन्द्रले जनाएको छ । भुकम्पबाट पश्चिमी जिल्लाहरु ,कास्की ,लमजुङ् ,स्याङ्जा ,तनहुँ लगायत क्षेत्रमा बढी महशुस गरिएको बताएको छ । यस अघि असोज १ गते साँझ ६ बजेर ५ मिनेट जाँदा  भुकम्प गएको थियो ।

Post a Comment

Previous Post Next Post