आज भाइटीका

ने.स.११३२ कछला दृतिय शुक्रबार-हिन्दुहरुको महान चाड तिहारको अन्तिम दिन आज देशभरि परम्पराअनुसार दिदीबहिनीले आफ्ना दाजु भाइको सुख, समृद्र्धि एवं दीर्घायुको कामनाका साथ भाइटीका लगाउँदैछन् ।
भाइटीकाका लागि शुभसाइत ११ बजेर ५५ मिनेटमा सुरुहुने र सूर्यास्तसम्म टीका लगाउन हुने नेपाल पञ्चाङ्ग समितिले जनाएको छ ।
भाइटीका अगाडी दिदीबहिनीले यमराजको प्रार्थना तथा पूजा गरेर आफ्ना दाजुभाइलाई भार्मिक विधिअनुसार मण्डप बनाईअष्टचिरञ्जीवीको पुजाका साथ त्यसमा कहिल्यै नसुक्ने तेलको घेरा लगाई नओइलाउने दुबो मखमली र सयपत्री फुलको माला, सप्तरङ्गी टीका लगाइदिएर चिरायुको कामना गर्छन । 


दिदीबहिनीले आफ्ना दाजुभाइलाई मिठाइ, फलफुल,ओखर,कटुस र मसलाका साथै सेलरोटी दिने तथा दाजुभाइले आफ्नो गच्छेअनुसार दक्षिण तथा उपहार दिने चलन छ ।
दाजुभाइ नहुने दिदीबहिनी तथा अरुले आज काठमाडौँको रानीपोखरी बीचमा अवस्थित मन्दिरमा गई दर्शन गरी टीका लगाएका छन् । उक्त मन्दिर प्रत्येक वर्ष भाईटीकाको दिनमात्र सर्वसाधारणका लागि खुला गरिन्छ ।
प्रकाशित मिति कार्त्तिक ११ गते

Post a Comment

أحدث أقدم