शुरु भयो तिहार

सोमबार कार्तिक ७ गते- आज देखि यस वर्षको तिहार सुरुभएको छ । आज तिहारको पहिलो दिन अर्थात काजपूजा यस दिन कागलाई पूजागरी खाना खुवाउने गरिन्छ । यसै प्रसंगमा तिहारको बारेमा केही जानकारी प्रस्तुत गर्दैछौँ ।
     हिन्दुहरुको दोस्रो ठूलो चाड तिहार मृत्युका देवता यमराजसँग सम्बन्धित र पाँच दिन सम्म मनाइने भएकोले यस चाडलाई यमपन्चक पनि भनिन्छ। यो चाड वैदिककाल देखी नै शुरु भएको मानिन्छ। एक पटक असुर राजा बलीले अश्वमेघ यज्ञ गरीमागे जति दान दिने प्रतिज्ञा गरे पछि राजा बलीको घमन्ड चुर गर्न वटु बामन अवतार लिई आउनु भएका भगवान बिष्णुले भिक्षा स्वरुप आफ्नो तिन पाउ बराबरको जमिन माग्छु भन्ने राजा बलीले उत्त भिक्षादिन प्रतिज्ञा गरे पछि भगवान बिष्णुले पक पाउले सारा पृथ्बी नाप्नु भयो,अर्को पाउले स्वर्ग तथा अन्तरिक्ष सारा पृथ्बी नाप्नु भयो र तेस्रो पाउ राख्ने ठाँउ नहुदा राजा बलीले आफ्नो वचनको मर्यादा राख्न आफ्नै शिरमा तेस्रो पाउ राख्न बिन्ति गरेछ यो देखेर भगवान बिष्णु खुसी भई राजा बलीलाई सतल नामको लोक दिने र आफु स्यंम वलीको पाले घेरामा ४ महिनासम्म सुत्ने र कार्तिक पक्षको अन्तिम पाँच दिन तिनै लोकको राज्य भोग गर्न पाउने बरदान दिए।

    यहि पाँच दिनलाई मान्छे र देवताको राज्यकाल भन्दा फरक असुर राजा बलीको राज्य भनी चिनाउनघरआँगन सफा गरी , झकिझकाउ गरी हर्षोउल्लासका साथ मनाउने र यसो गरेपछी माता लक्ष्मी खुसी भइ सबैको घरमा बास बस्ने तथा यमताजले पनि आफ्नो राज्य छोड्नु पर्ने हुदा उत्त फुर्सदको समयलाई आफ्नी बहिनी यमुनाको घरमा गई रमाइलो गरी बिताई अन्तिम दिनको बिदाको समयमा बहिनीले दाजुलाई टिका लगाई पुजा गर्ने र बहिनीले दाजूलाई यथासक्य वस्त्र आभुषण दिइ खुसी बनाएको भन्ने कथन रहिआएको छ। यमपनञ्चकको पहिलो दिन यमराजको दुतको रुपमा कागलाई पुजा गरिन्छ। दाल, भात, तरकारी कागलाई खुवाइन्छ र राती घरका ढोकाहरुमा दियो बाली तिहार पर्वलाई आह्वान गरिन्छ। यस्तै दोस्रो दिन यमराजको अनुचर कुकुरको पुजा गरिन्छ। 

           कुकुरले घर गोठ आदि रुङग्ने भएकोले पनि पुजा गरिन्छ। यस दिनको रात्रीमा पनि दियो बालिन्छ। सामुन्द्रिक पुत्री र धनकी देवी लक्ष्मीलाई वैदिककाल देखिनै धनधान्य तथा ब्यापार बृद्दिको लागी पुज्दै आएको पाइन्छ।त्यसैले तिहारको दिन घरआँगन विषेश सासफाइ गरि , गोबरले लिपपोत गरि शुद्द बनाई फुलमालाले सजाई माता लक्ष्मीको आवह्रान गरिन्छ। माता लक्ष्मीको वाहान लाटेकोसेरो भएको हुदाँ माता लक्ष्मी राती मात्र विचरण गर्नुहुने भएकोले सबैले आआफ्नो घर आँगनमा धूपबत्ती बालेर उज्ज्यालो पारेका हुन्छन्। पुजाको दिनमा आफ्नो ढिकुटी, भन्डारहरुमा लक्ष्मीको फोटोराखी पुजा अर्चना गरिन्छ। माता लक्ष्मीलाई आफ्नो घरको बाटो देखाउन घरको मुलद्दार देखी पाइला बनाएर पुजा स्थानसम्म पुर्याएका हुन्छन।यस रात्रीलाई सुख रात्री पनि भनिन्छ। साँझमा महिला तथा केटाकेटीहरु भेला भइ 'गाईतिहार र भैलो'भन्दै घरघरमा गई माग्छन। यस दिन गाईको पनि बिषेश पुजा गरिन्छ।

     गाईमाता बाट सम्पूर्ण बस्तु जस्तै दुध, दही, घ्यु मख्खन ,गोबर, मल, गुइठा आदि प्राप्त हुन्छ।गाईलाई सफा सुग्गर गरेर निधारमा रातो टिका लगाई फुलमाला लगाएर पुजा गरिन्छ। यस दिन गाईलाइ मनपर्ने खानादिएर गाईको पुच्छर पुजा गरि समाइन्छ। हिन्दुधर्ममा गाईले मृत मानव आत्मालाई वैतर्णी नदि तारेर स्वर्गमापुर्याउछन भन्ने मान्यता रहेको छ। तिहारको चौथो दिनमा गोरुको पुजा , गोवर्धन पुजा, म्ह पुजा गरिन्छ।यी पुजाहरु बिभिन्नसमुदायले आफ्नै तरिकाले गर्छन।धेरै बर्ष जीवन अस्तब्यस्त भएकोले पानीबाट आफ्ना भत्तहरुलाई बचाउन श्रीकृष्णलेगोवर्धन पर्वत उचाली बर्षालाई रोकेर जीवन रक्षा गर्नुभएको श्रीकृष्णका भत्तहरुले गोवर्धन पुजा गर्दछन्।

          यस दिन नेवार समुदायमा म्ह पुजा(आफुले आफैलाइ गरिने पुजा) गरिन्छ। नेपाल सम्बतको नवबर्षको दिनमा वर्षभरी राम्रो र सुब्यबस्थितिको कामना गरि पुजा गरिन्छ। म्ह पुजा गर्ने ठाँउमा पबित्र जलले सफा गरेर बिचमा चामलको पिठो, रातो अबिरको मन्डल बनाइन्छ र क्रमैसँग म्ह पुजा गरिन्छ। यो पुजा सबै भन्दा जेठो बाटसुरु हुन्छ।धेरै जसो नेवारहरुले आफ्नो ब्यापार ब्याबसाय यसै दिनबाट सुरु गर्छन। 

         श्रृण चुक्ता गर्ने र लेनदेनको पुराना काम सकेर खाताहरु बन्द गरी नँया खाता खोल्दछन।तिहारको अन्तिम दिन भाइटिका मनाइन्छ। यो दिनमा दिदिबहिनीले दाजुभाइको दीर्घायूको लागि उनिहरुको पुजा गरि टिका लगाई दिएर मिठा मिठा खानेकुरा तथा फलफुल दिन्छन भने दाजूभाइले पनि दिदि बहिनिलाई वस्त्र आभुषण दिने गर्छन।यसरी भाइटिका गरिसेपछि केटाकेटीहरु देउसी माग्न घर-घरमा जाने गर्छन। यसपालिको यहाँको तिहास शुभ रहोस् - न्युज अफ टोखाको शुभकामना...

1 Comments

  1. laxmi samudra ko chori ani laxmi ko bahan latokoshero bhanne kura thaha thiyena. tara yo lekh ma nepal ko rastriya manyata prapta Nepal Sambat ko kunai ullekh nahunu le ali apug jasto lagyo. Sampurna chaad-parba yehi Nepal sambat ko thithi anusaar hunay bhayeko ley yo sambat ko naya barsha ko suruat ko bishesh mahatwo ko saath linu jaruri chha

    ReplyDelete

Post a Comment

Previous Post Next Post