तीन चालक दलका सदस्यसहित सबै यात्रुको मृत्यु


काठमाडौ, आश्विन ८ - माउण्टेन फ्लाइटका लागि उडेको बुद्ध एयरको एउटा विमान आइतवार बिहान ललितपुरको पहाडी क्षेत्रमा दुर्घटनामा परेको छ । उक्त १९०० डी बीचक्राफ्ट विमानमा सवार चालक दलका तीन सहित १९ जनाको मृत्यु भएको छ ।
बिहान बाक्लो हुस्सु लागेको बेला उक्त विमान ललितपुरको बिशंखुनारायण र लामाटार गाविसको सीमानामा पर्ने कोटडाँडा भन्ने स्थानमा दुर्घटनामा परेको हो । 
सम्बिन्धित देशमा कुटनीतिक नियोगका प्रतिनिधि तथा  कार्यवाहक प्रधानमन्त्री तथा गृह मन्त्री र सुरक्षा निकायका प्रमुखहरु घट्नाबारे बुझ्न र संवेदना ब्यक्त गर्न त्रिभूवन विमानस्थल पुगेका थिए ।
दुर्घट्नामा परि मृत्यु भएका १८ जनाको शव घट्नास्थलमा भेटिएको थियो भने घाइते अवस्थामा भेटिएका एक जनाको बाटोमा मृत्यु भएको थियो । घाइते अवस्थामा भेटिएका निराजन कर्मचार्यलई जीवितै उद्दार गरी अस्पताल पठाएपनि बाटोमै उनको मृत्यु भएको थियो । शवलाई नेपाली सेनाको हेलिकप्टरले विमानस्थल ल्याएको हो।
शवहरु पोष्टमार्टमको लागि शिक्षण अस्पताल पुर्याइएको छ । शवको पहिचानपछि त्यहीबाट नेपालीलाई आफ्न्त  र विदेशीका शव कुटनीतिक नियोगमा प्रतिनिधिहरुको रोहवरमा जिम्मा लगाइनेछ ।
'बिहान बाक्लो हुस्सु परेको थियो, सुरुमा जहाजको आवाज सुन्यौं, त्यसपछि ठूलो आवाज आयो' उद्दारमा खटिएका स्थानीय केशव थापाले ईकान्तिपुरसंग भने, 'गनाउन थालेपछि जहाज दुर्घट्ना भएको अनुमान लगाएर हामीले खोजविन गर्ने र प्रहरीलाई खवर गर्ने काम गरेका हौं ।' थापाले विहान सवा सात बजेतिर उक्त आवाज सुनिएको पनि उल्लेख गरे ।
घट्नास्थल कोटगाउँमा रहेका संवाददाता कृष्ण ज्ञवालीका अनुसनर बिहान बाक्लो हुस्सु लागेको बेला कम उचाईमा उडेका कारण दुर्घट्ना भएको हुन सक्ने स्थानीयले अनुमान गरेपनि दुर्घट्नाको प्राविधिक जानकारी प्राप्त भएको छैन । कोटडाँडास्थित स्थानीय हरि थापाका अनुसार सुरुमा विमानको पखेटाले उनको घरको भित्तामा छोयो, अनि बिमानको अगाडीको भाग घर पछाडीको भित्तामा जोतियो । 
विमानले लागेर एउटा लप्सीको रुख पनि ढलेको छ । कम उचाइबाट खसेकाले मारिएकाहरुको शव सग्लै रहेको छ । विमान भने टुक्राटुक्रा भएको छ । स्थानीयबासी र प्रहरी उद्दारमा खटिएका छन् ।
विमानमा चालकदलका सदस्यहरुमा क्याप्टेन जीवी तम्राकार, सहचालक पद्मा अधिकारी र विमान परिचारिका अस्मिता श्रेष्ठ थिए । विमानका यात्रु मध्ये १० जना भारतीय नागरिक, दुईजना अमेरिकन, एकजना जापनीज ३ जना तेस्रो मुलुको र ३ जना नेपाली रहेका छन् । 
मृत्युहुनेहरुको नामावली:
चालक दलका सदस्यहरु:
जीवी तम्राकार– क्याप्टेन
पी अधिकारी– सहचालक
अस्मिता श्रेष्ठ– बिमान परिचारिका
यात्रुहरु:
निरन्जन कर्मचार्य– नेपाल (उपचारका लागि ल्याउँदै गर्दा मृत्यु)
शारदा कर्मचार्य– नेपाल
जगजन कर्माचार्य– नेपाल
पंकज मेहता– भारत
छाया मेहता– भारत
एच डी नागराज– भारत
एल नागराज– भारत
आई नागराज– भारत
एस नागराज– भारत
डी. तालोसुब्रियम– भारत
डीपी तालोसुब्रियम– भारत
नागराजा तालोसुब्रियम– भारत
पी तालो सुब्रियम– भारत 
तेस्रो मुलुकका नागरिकहरु: (राष्ट्रियता नखुलेको)
एन्ड्रे वेइड
मिस नाताली नेइलन
तोशिनोरी क्वेज्म
                                                      तस्विरहरु: एएफपी/प्रकाश माथेमा ।    
दुर्घटनापछिको थप दृष्य हेर्न यहाँ क्लिक गर्नुहोस्

साभारः इकान्तिपुर डट कम
प्रकाशित मिति: २०६८ आश्विन ८ ०८:४९

Post a Comment

أحدث أقدم