ज्यापु महागुथिको दोस्रो समेलन टोखामा

टोखा काठमाडौं ७ असोज- नेवाः स्वायत राज्यका लागि दास्रो राष्ट्रिय ज्यापु महा समेलन” भन्ने मुल नाराका साथ हिजो ज्यापु महागुथिको दोस्रो समेलन टोखामा सम्पन्न भएको छ । विभिन्न साँस्कृतिक झाँकी सहितको ¥यालिले सामाखुशी हुँदै टोखा बजार परिक्रमा गरी टोखाको भुतखेल चौउरमा पुगि उदघाटन समारोहमा परिणत भएको थियो ।
    दोस्रो राष्ट्रिय समेलनको उदघाटन  समारोहलाई सभामुख सुवाशचन्द्र नेम्वाङ्गले प्रमुख अतिथिबाट सम्बोधन गर्दै –“जनताको आन्दोलन र क्रान्तिबाट प्राप्त संविधान सभा बाहेक अन्य कुनै प्रक्रियाबाट संविधान निर्माण हुन सक्दैन । जल र जमिन माथि स्वामित्व हुने गरी मात्र राज्य पुनसंरचना हुनु पर्छ । दल भित्र बीच संविधान निर्माणको दुई वटा विषय राज्य पुन संरचना र शासकीय स्वरुपमा मात्र विवाद रहेको अरु विषयहरुमा सहमति भएको छ । शान्ति प्रक्रिया टुङ्गउने विषयमा मात्र दलहरु विच विवाद रहेको” बताउनु भयो । 
सभालाई सम्वोधन गर्दै नेपाली कांग्रेसका सभासद तीर्थ राम डंगोलले “साँस्कृतिक जगेरनाको नाममा नेवार जातिलाई अल्मलाएर अरुले शासन गर्न पल्केको” भन्नु भयो ।

त्यसै गरी ए.माओबादीका सभासद राजकाजी महर्जनले –“ज्यापुहरु आर्थिक र साँस्कृतिक रुपमा अगाढी रहेर पनि राजनितिकरुपमा सचेत नहुँदा ज्यापु लगाएतका नेवारहरु राज्य सत्ता हाक्न पछि परेको ” भन्नु भयो ।

सभालाई सम्बोधन गर्ने क्रममा एमालेका केन्दीय सदस्य राजेन्द्र श्रेष्ठले –“नेपालका ठुला पार्टिका ठुला नेताहरुको दरिद्र र पुराना मानसिकताका कारण संविधान निर्माण ढिलो भएको बलाउनु भयो ।”

सभालाई ज्यापु महागुथिका अध्यक्ष बिपेन्द्र महर्जन, महा सचिव राजभाई जकमी , नेपाः राष्ट्रिका अध्यक्ष केशव मान शाक्य, राष्ट्रिय नेवः देय दबुका केन्द्रीय सदस्य मल्ल के सुन्दर लगाएतका नेताहरुले सम्बोधन गर्नु भएको थियो । गुथिको नयाँ नेतृत्व चयनका साथै विधान संशोधनको लागि आज बन्द शत्र बस्दैछ ।

Post a Comment

أحدث أقدم