आज येँया पुन्हीको अन्तिम दिन

भाद्र २६ सोमबार -टोखा- भाद्रकृष्ण एकादशीदेखि पूर्णिमा देखि सुरु भएको येँया पुन्ही पाँच दिन पछि अर्थात आज देखि विधिवतरुपमा समाप्न हुँदै छ । आज विशेष गरी दिउँसो तीर टोखामा रहेका दापा खलः भजन खल तथा आत्मियता भएका मित्रहरु सामुहिक रुपमा नातेश्वरी मन्दिरमा पुजा गरी भोज खाने गरिन्छ । यसै दिन बेलुका तिर साँस्कृतिक बाजागाजा सहित नगर परिक्रमा गरिन्छ । 
सामुहिक रुपमा नगरी परिक्रमा गरीने हुँदा पुराना पुस्ताहरु हृदयविदारक गीत गायर तीन चोटि नगर परिक्रमा गरिन्छ । नयाँ पुस्ताहरु भने आधुनिक र लोकगीत गाउदै नाच्दै नगर परिक्रमा गरिन्छ । भन्नै आजको दिन टोखा साँगीतमय हुँनेछ । हल्का कंलालिबाट आएको मधुरो प्रकाश अनि कर्णप्रीय मौलिक बाजाको धुन  र गीतसँगीतले हर्षाउल्लाहाषका साथ बित्ने छ ।  आजको दिन टोखाका सबै के युवा के प्रोढ के बच्चा सबै घर बाहिर आएर यो जात्रामा सामेल भएर अझ साँगीतमय र हर्षाउल्लाहाषमय बनाइन्छ ।यस दिन साँझ अबेर सम्म मानिसहरु जागाभई नगर परिक्रमा गर्छन । सके सम्म एक चक्रर भए पनि गाउँ परिक्रमा गर्नु पर्ने जनविश्वास रहेको पाईन्छ ।
आज हुने जात्राको तालिका
बेलुका ७ बजे श्री सपनातिर्थ मन्दिर– श्री चण्डेश्वरी मन्दिर–श्री अजिमा मन्दिर–श्री गणेश मन्दिर– श्री कोथु गणेश मिन्दर– श्री इन्द्रयणी मन्दिर–श्री पिगन्द्यो देमालाछी मन्दिर– श्री नाथेशवरी मन्दिर– श्री नारायण मन्दिर हुँदै अन्तमा श्री तलेजुमा विधिवट मतया दियो यात्रा सम्पन्न हुनेछ । त्यसलगतै प्रत्येक टोल, प्रत्येक घर घरबाट ३ ३ पटक विशेष टोखाको प्राचिन हृदयविदारक गीत गाएर नगर परिक्रमा गर्ने गरिन्छ ।
रातको २ बजे वाल्क म्हूवनेगु कार्यक्रम, (टोखाको गुप्त मार्ग पैदल यात्रा) अगाडी बढ्ने छ ।
यो पछि जात्रा विधिवतरुपमा सामाप्न हुनेछ ।

Post a Comment

أحدث أقدم