आज देखि येँया (यर्या) सुरु

भाद्र २२गते बिहिवार- आज देखी येँया सुरु भएको छ । यो जात्रा भाद्रकृष्ण एकादशीदेखि पूर्णिमासम्म ५ दिनसम्म मनाईन्छ । पाँच दिनसम्म प्रत्येक साँझ मन्दिरमा बत्ती बाल्ने कामलाई यहाँ बत्ती दिने भनिन्छ । एकादशीको दिन टोखाको प्रत्येक टोल तथा लाछीहरुमा खम्बा ठड्याउने गरिन्छ । त्यसमा इन्द्रको मूर्ति–प्रतीक स्थापित गरिन्छ । बत्ती दिन जाँदा मान्छेहरु समूह समूह भई बाजा बजाउँदै जान्छन् ।  साँझ तिर सुरुहुने यो जात्रा निकै नै मनमोहक देखिन्छ ।
नेवार समुदायमा पुजाको लागि प्रयोग गरिने कलालि (एक प्रकारको पूजा गर्ने थालि)मा सुकुन्दा बालेर गाउँ परिक्रमा गरिने दृश्य साचौ नै रोमाञ्चक र मनमोहक देखिन्छ । ससाना नानी , युवती तथा बयस्क महिलाहरु नेवाः परम्परागत पोसाक हाकु पतासी लगाएर कलालि बोकेर बात्ती दिएर जाने गरिन्छ । कलालीको भित्र बाट बाहिर निस्की रहेको मुधुरो प्रकाशले उक्त वातावरणमा एक प्रकारको छुट्टै रोनक थपि दिन्छ । लाम्बढ् भएर आउने भएकोले यो दृश्य हेर्दा एउटा छुट्टै आनन्दको अनुभुति हुन्छ । यसको बारेमा बिश्तृत जानकारीका लागि यहाँ जानु होस् ।   

Post a Comment

أحدث أقدم