कृष्ण जन्माष्टमी माइयो

२०६८ भाद्र ६ गते हिन्दु धर्मावल्विहरुले अस्ति आइतवार ४ गते धुमधाम संग कृष्ण जन्माष्टमी माइयो । यस दिन टोखामा रहेको दापा खलः तथा भजन खलहरु रात भरी भजनकृतन गरी जागराम बस्ने गर्दछ । यसको भोलि पल्त विहान कृष्णको मुर्तिलाई खटमा राखि ससाना बालकहरुले कांधमा बोकेर साँस्कृतिक बाजागाजाका साथ नगर परिक्रमा गराउने गर्दछ । नगर परिक्रमा गराउने क्रममा ससाना नानी तथा ठुला महिलाहरुले लाइनमा बसेर खलको अगाडी बसेर जल अक्षेता तथा अबिरले भुइमा छरेर कृष्णको मुर्तिलाई विशेष सम्मानका साथ नगर परिक्रमा गराइन्छ। यसै दिन लाखेले सबैलाई कृष्णको प्रसादको रुपमा टिका र प्रसाद दिने गर्दछ । केही झलकहरुः

कृष्णको मुर्तिबोकेर नगर परिक्रमा गराउदै
साँस्कृतिक बाजागाजा सहित कृष्णको खटलाई नगर परिक्रमा गराउदै

सना नानीहरु जात्रामा सहभागिता जनाउदै

लाखेःप्रसादको रुपमा टिका लगाउदै
 टोखा साँस्कृतिक दबु पुचःको साँस्कृतिक कार्यक्रम सम्पन्न
हिजो  टोखा साँस्कृतिक दबु पुचःलको साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । विशेषत गाई जात्राका दिन विधिन हाँस्य प्रहसन देखाएर आएकाहरुको मुल्याड्कन गरी उनीहरुलाई यस कार्यक्रममा सम्मान तथा पुरस्कार प्रदान गरेको थियो । 
गाई जात्राका दिन आउने यस्ता प्रहसनहरुमा विकृति पैदा भई रहेकोले त्यस्ता विकृतिलाई निर्मुल पार्न यस्तो कार्यक्रमको आयोजना गरेको दबु पुचः बटाउछन् । उक्त मुल्याड्कन गर्न टोखामा रहेको सबै दल तथा संघसंस्थाको पतिनिधिहरु बसेर मुल्याड्कन गरेको थियो । उत्कृट हुनेहरुलाई कार्यक्रमका प्रमुख अतिथि राम   खड्गी तथा टोखाको जेष्ठ नागरीकले पुरस्कार प्रदान गरेको थियो । यसका  साथै विभिन्न साँस्कृतिक कार्यक्रम पनि देखाइएको थियो

Post a Comment

Previous Post Next Post