Hot News-हिले जात्रा २०६८ फोटो फिचर

श्रावण ३० गते सोमबार- गाईजात्राको भोलि पल्ट मनाईने यो जात्रा टोखाको महत्वपुर्ण पर्व मध्य एक पर्दछ ।अहले जात्रा सुरु भै रहेको छ यो न्युज अपलोड गरिरहन्दा सम्ममा। यस जात्रामा पुरुषहरु महिलाको भेषधारण गरी धान रोपेको अभिनय गरेर आउने गर्दछ । प्रोढ देखी साना केटाहरु महिलाहरुको नक्ल गरी धान रोपेर आउने गर्दछन । कोही गोरु भए आउ छन् त कोही बाउसो गरेर त कोही खेतालाहरुलाई खाजा खुवाएर आउने गर्दछन । गुनला बाजाको तालमा ( गीत-तुपुमा तुपु हिलोमा धान रोपेर छोदैउला.... ) झाउरे भाकामा रोपाई गर्ने गर्दछ । यस संगै विभिन्न हाँस्यात्कम झाकीहरु पनि देखाउने गरिन्छ । रोपाइ सके पनि यस्ता झाकीहरु देखाउने क्रम भने निरन्तररुपमा चलिनै रहन्छ । कृषानको जीवनलाई जीवन्तरुपमा प्रस्तुत गर्ने जात्राको रुपमा यस जात्रालाई लिन सकिन्छ ।

















यो फोटो उपलब्ध गराई दिएकोमा भाई सुरेश डंगोल प्रति हार्दिक आभार ब्यक्त गर्दछू ।

1 Comments

  1. so sweet n full enjoyely pic yaar but i am so sad coz i m losing thish festavel ,

    ReplyDelete

Post a Comment

Previous Post Next Post