क्वाती पुन्ही/ लाखे नाँच...

श्रावण २८ गते शनिवार-आज क्वाती पुन्ही नेवाः समुदायमा यसको विशेष महत्व रहेको छ । आज गेडागुडीका नौ थरी मिसाएर क्वाती खाने चलन छ । त्यसमा सानो केराउ ,ठुलो केराउ ,राजमा, बकुला, चना, भत्मास, सानो दाल,बोडी मिसाएर क्वाती बनाउने परम्परा रहँदै आएको छ । यसमा प्रोटिनको मात्र बढी पाइने भएकोले स्वास्थ्यको दृष्टिले निकै नै राम्रो मानिन्छ । क्वाती भिजाएर काचै खानु भन्दा पकाएर खान्दा बढी लाभदायिक हुन्छ । यसरी पकाएर खान्दा प्रोटिनको मात्र संतुलन हुने गर्दछ ।


यसै दिन देखी टोखामा लाखे नाचलाई बाहिर्याउने परम्परा रहँदै आएको छ । यस दिन देखी साँझ पख  लाखेलाई नचाई  गाउँ परिक्रमा गराउने चलन छ । टोखामा बिभिन्न दापा खलः तथा भजन खलःहरुले आ-आफ्नो लाखेहरुलाई नचाउने गर्दछ ।





यो लाखे नाँच भखरै निकालिएको दृष्य हो । यो ताजा ताजा लाखे नाँचको झलक केवल तपाई लाई मेरो तर्फबाट

Post a Comment

Previous Post Next Post