२०६८ जेष्ठ २२ गते आईतवार– प्राचीनताको गर्व बोकेको टोखा नगरी कृषि उत्पादनमा आधारित अर्थ व्यवस्था अँगाल्ने शहरोन्मुख गाउँ हो । बसोबासका आधारमा नेवारहरुको आधिपत्य रहेको यस गाउँमा आफ्नै मौलिक संस्कृति, रीतिरिवाज र कला जीवन्त छन् । यी पक्ष यस गाउँका लागि पुर्खाले सुम्पेको अमूल्य धरोहर र गहना हुन् । एक किसिमले यस गाउँ यस्ता मौलिकताको संग्रह नै हो । आधुनिकताको मार्गमा लम्किने क्रममा यस ठाउँको मोलिकतामा भने तीव्र स्खलन आइरहेको दुखद यथार्थ साथै विद्यमान छ । यसलाई रोक्नु हामी शिक्षित नयाँ पिंढीको दायित्व हुन आउँछ । पश्चिमा संस्कृतिको पक्षपोषण गर्न रुचाउने हामी आजका पिंढीले पुर्खाबाट निशुल्क ग्रहण गरेका यी अभिन्न सांस्कृतिक उपहारलाई थप समृद्धि बनाउन त नसकौंला, तर कमसेकम यसलाई जीवित राख्न भने अवश्य प्रयासरत रहनु पर्दछ ।
टोखाका अनेकन मौलिक कला–संस्कृतिमध्य यहाँको कृषि सामग्रीबाट बनाइने घरेलु बस्तु पनि एक हो । कुनै आधुनिक यन्त्रको सहायता बिना स्थानीय मानिसहरुले, विशेषगरी महिलाहरुले, पूर्ण रुपमा हातले मात्र बनाउने यस्ता सामग्रीलाई पुरानो जमानाको बस्तु मान्नेहरुको संख्या प्रशस्त रहन सक्ला, तर आधुनिकताबाट वाक्क लागेका मानिसहरुले भने यस्ता हस्त–उत्पादित वस्तुहरुलाई रुचाउन थालेका छन् । श्रमजीवि हातहरुले बुन्ने सुकुल (चारकुने, लाम्चो), डोर मेट, पुजा थाली, ट्वाक, इत्यादिमा मौलिकता, संस्कृति, कला तथा पुर्खाको आविष्कार एकसाथ संग्रहित हुन्छन् । गरिवको घरमा मात्र बास हुने भनिएका यस्ता वस्तुहरुको प्रयोग हाल आएर देशका पाँच तारे होटल तथा विदेशी बैठक कोठाका शो पिस बन्ने क्रम शुरु हुनु हाम्रो लागि गर्वको कुरा हो, र यो क्रम आगामी दिनमा बढ्ने निश्चितप्राय नै छ । यसले यी वस्तुहरुको व्यावसायिकताको ढोका मात्र खोलेको छैन, यस्ता कलाका धनी श्रमजीवि जनतालाई स्वाबलम्बि हुने अवसर पनि साथै निर्माण गर्दैछ ।
तसर्थ टोखाका यी हस्त संस्कृति पूर्ण रुपमा विलय हुनु अघि यसको सम्बद्र्धन, संरक्षण र विज्ञापनका लागि टोखाका नयाँ पीढिंहरुको महिला समुह टोखा उत्प्रेरिका समुहले महिला छ्वाली तथा पराल हस्तक लाप्रतियोगिता आयोजना गर्न लागिरहेको छ । यस प्रतियोगितामा टोखाका महिला हातहरुले अनेक प्रकारका छ्वालीका वस्तुहरु बुन्न लगाइनेछ । प्रदान गरिएको निश्चित समयभित्र बुन्ने बस्तुहरुको मौलिकता, सुन्दरता, उपयोगिता, र बुन्ने गतिको आधारमा प्रतियोगीहरुलाई सम्बन्धित विषयमा जानकार निर्णायक मण्डलबाट मूल्यांकन गराई उचित स्थानको घोषणा गरिने छ र उनीहरुलाई सम्मान तथा पुरस्कृत गरिने छ ।
कार्यक्रमको उद्देश्य
- टोखाका महिलाहरुमा निहीत मौलिक संस्कृतिलाई जीवन्त प्रदान गरी नयाँ पिंढीमा हस्तान्तरणका लागि उत्प्रेरकको काम गर्ने ।
- टोखामा लुकेर बसेको यस्ता कलालाई आजका नयाँ पिंढी र बाहिरका मानिसहरुमाझ जानकार गराउने ।
- यस्ता कलाका धनी महिलाहरुलाई सामाजिक सम्मान प्रदान गरी निरन्तरताका लागि आग्रह गर्ने ।
कार्यक्रम हुँने मिति,समय र स्थानः
स्थान ःटोखा चण्डेश्वरीको माथिल्लो लाछि
मितिः २०६८ साल जेठ २८ गते शनिवार
समय ःदिउँसो ९.३० – १० कार्यक्रमको उद्घाटन,
दिउँसो १० – २ प्रतियोगिता सुरु
आयोजकः टोखा उत्प्रेरिका समुह
नोटः यसका साथै छ्वाली तथा परालबाट निर्मित स्थानिय हस्तकला अन्य वस्तुहरुको पनि प्रदर्शनी गरिनेछ ।
आफ्नो मौलिक कला र सँस्कृतिलाई माया तथा रुचि राख्ने महिला वर्गमा उक्त कार्यक्रममा सहभागिता जनउन अनुरोध गरिन्छ । आफुमा भएको सिप र कलालाई अरु सामुने प्रस्फुतन गर्ने यो एउटा उपयुक्त स्थान हुने छ ।
आयोजकः टोखा उत्प्रेरिका समुह
नोटः यसका साथै छ्वाली तथा परालबाट निर्मित स्थानिय हस्तकला अन्य वस्तुहरुको पनि प्रदर्शनी गरिनेछ ।
आफ्नो मौलिक कला र सँस्कृतिलाई माया तथा रुचि राख्ने महिला वर्गमा उक्त कार्यक्रममा सहभागिता जनउन अनुरोध गरिन्छ । आफुमा भएको सिप र कलालाई अरु सामुने प्रस्फुतन गर्ने यो एउटा उपयुक्त स्थान हुने छ ।
ईच्छुक महिला ब्यक्तिले आफ्नो नाम टिपाउँनको लागि सम्पर्क नम्बरः ९८४१८६१३०९, ९८०३३४५५४१
إرسال تعليق