२०६८ जेष्ठ काठमाडौं - आज बिहान करिव १०ः३० बजे तीर टोखाबाट शहिदगेट तर्फ माईक्रोबाट हिड्दै थियोँ रेडन कलेजमा पुग्दा एकाएक गाडी बीच बाटोमा तेरस्याएर एक हुल हामी बसि रहेको गाडी नजिक आएर कराउन थाल्यो "सबैलाई तल झार गाडीलाई बीच बाटोमा तेरस्याउ..... अब चक्काजाम गर्ने..." यस्ता कुराहरु हुन्न थाल्यो हामी यात्रुहरु अन्योलमा परे सबै यात्रुहरु बाहिर निस्किन लाग्यो मैले साथीलाई भन्ने तिम्रो मुवाइबाट यो भिडियो रेकड गर्न । उनले मोबाइ झिकेर उक्त दृष्य रेकड गर्न थाल्यो । हामी साबै बाहिर निस्के । म र मेरो साथी राजु डंगोल उक्त घट्नालाई नजिकबाट निहाल्ने कार्यमा बेस्त भएँ । साथी मजाले त्यहाँ भई रहेको घट्नालाई मोबाइमा कैद गर्दै थियो म भन्ने ट्राफिक संग घट्नाको कारण बुझने तर्फ लागे कुरा सुन्दा हाँसो संगै अश्चर्यले भरीयो मनमा । अफिसमा जानको लागि आएको मान्छे बीच बाटोमा अलपत्र पर्यो ।
भएको चाहि के रहेछ भनेनी माईक्रोबसमा यात्रुहरुलाई असहजरुपमा कोचाकोच राखि चलाई रहेकोले ट्राफिकले रेडन कलेज नजिक २३ नम्बर रुटका केही माईक्रोबसलाई नियन्त्रनमा लिएको रहेछ । सिमित सिट संख्या भन्दा बढी यात्रुहरु राखेर गाडी चलाउन नपाउने ट्राफिक नियम रहेकोले नियम अनुसार कारबाहि गरेको रहेछ । त्यो कुरा माईक्रो चालकहरु लाई मन परेन छ अनि सुरु भएछ बाँझा बाँझ । उनीहरु भन्छन अफिस टाईम भएकोले यस्तो कोचा कोच भएको हो ।
नियम तोड्नेलाई कार्वाहि गर्दानि यत्रो हंगामा हुन्थालेछ । ट्राफिकले माईक्रो चालकलाई ट्राफिक नियमको पाठ पढाउन होइन माईक्रो चालकले ट्राफिकहरुलाई ट्राफिक नियमको पाठ पढाउन थालेको छ अचेल। केही छिनको भनाभन पछि माईक्रो ब्यवसायि समितिका एक दुई जना मान्छे आएर ट्राफिक संग वार्ता गरे पछि घट्ना साम्सुम भयो । करिब १५ मिनेट सम्म पुरै बाटो थप्प भएको थियो । ट्राफिकले तिनीहरुलाई दोषी देखेर कारवाहीको लागि समाति सकेर पनि कारवाहि नगरी त्यतिकै छोडेकोमा यहाँ निर ट्राफिक कति सम्म कमजोर रहेछ भन्ने कुराको पुष्टि गरेको छ ।
भिडियो हेर्नुस
यो अर्को भिडियो हर्नुस्
Post a Comment