
२०४१ सालतिर एउटा नेपाली सैनिक टोली आफ्नो कमाण्डो अभ्यासको सिलसिलामा टोखाको भूतखेल चौरमा आएको थियो । सैनिकहरुले त्यहाँको मन्दिरसँगै रहेको मसानघाटमा लास जलाएका कोइला,दाउरा र मान्छेका हड्डी पन्छाएर ठुलाठुला खाल्टा खने । निशाना लगाएर गोली प्रहार गरी खाल्टो भित्र लुक्दै गरेको अवस्थामा अचानक ५० जना भन्दा बढी भूतप्रेत,पिशाच ,मुर्कट्टा आदि किचकन्याहरु निस्केर सैनिकको अगाडी नाच्न थाले । त्यस बेला दिउँसो मध्यह्नको १२ बजेको थियो । यी भूतप्रेतहरु खुकुरी, भाला आदि समाती रमाउँदै उफ्री–उफ्री नाच्न थाल्दा सैनिकहरुको होसहवास नै उड्यो ।
केही सैनिकहरु आफुलाई खान आएको भन्ने ठानी साहासका साथ भूतप्रेतहरुमाथि गोली हान्न थाले, तर सैनिकहरुले जतिसुकै गोली,बारुद र बम वर्षा गरे पनि ती भूतप्रेतहरुलाई केही पनि भएन । भूतप्रेतहरु झन् उफ्री–उफ्री सैनिकहरुको अगाडी आएर नाच्न थाले । यस्तो अदभूत डरलाग्दो दृश्य देखेपछि डरले भागाभाग गर्न थाले । कोही–कोही सैनिकहरु डरले भाग्दाभाग्दै हृदयघात भई भूतखेल चौरमै ढले । यस घटनामा ६ जना सैनिकहरुको हृदयघाट भई मृत्यु भएपछि यो ठाउँलाई खतराक्षेत्र घोषना गरी त्यो बेलादेखि सैनिकहरु त्यहाँ आएर अभ्यास गर्न छाडेको कुरा टोखाका स्थानीय बासिन्दा कर्णबहादुर डंगोल बताउँछन् ।
यस घटनासँग सम्बन्धित र हाल काठमाडौं डाँडागाउँमा निवृत्त जीवन बिताइरहेका तत्कालीन सैनिक अर्जुन खत्री पहिले भूतखेल चौरमा आफ्नो काली गणका साथीहरुसहित सैनिक अभ्यास गर्न आउँदाखेरिको घटनाको अनुभव यसरी सुनाउँछन् ः त्यस बेला हामी सर्व प्रथम टोखाको आर्मी क्याम्पमा आउँदा हाम्रा नयाँ भवन बन्दै थियो । तसर्थ हामीलाई कोर्स गर्नको लागि उपयुक्त ठाउँ टोखाको भूतखेल चौर छानियो ।
हामी अभ्यासको लागि बिहान १० बजे क्याम्पबाट तलतिर झ¥यौं । ११ बजे हाम्रो गण टोखाको भूटखेल चौरमा पुग्यौ । त्यस बेला माघ महिनाको मध्यजाडोको याम थियो । टोखाको भूतखेल चौरमा अझै हुस्सु लागिरहेको थियो । हामी त्यहाँ पुग्दा टोखाका केही बूढापाकाहरुको चहलपहल सुरु भइरहेको थियो । टोखाका बूढापाका र केटाकेटीहरु जाडोको वास्तै नगरी हाम्रा कमान्डरले अभ्यासको लागि आ–आफ्नो ठाउँ छनोट गरिदिनु भयो । जो ब्यक्ति जुन ठाउँमा परेको छ, त्यहाँ उसले खाल्टो खनी बस्नु पर्ने थियो । त्यो बेला मेरो भग्य बलियो रहेछ । मेरो ठाउँ मसानघाट भन्दा अलि पर प¥यो । तर मेरो केही साथीहरुको ठाउँ मन्दिरनजिक मसानघाटमा परेकाले उनीहरु त्यहाँ खाल्टो खनेर बसे । त्यस भूतखेल चौरको वरिपरि ३० वटाभन्दा बढी खाल्टो खनी हामीहरु आ–आफ्नो पोजिसनमा बस्यौं । भूतखेल चौरको पुर्वपट्टि सल्लाहाका रुखहरु थिए । हामीले कमान्डरको आदेश अनुसार त्यहीँबाट फायर गर्नुपथ्र्या । ठीक १२ बजे हाम्रो कमान्डो अभ्यास सूरु भयो । हाम्रा कमान्डरले कालिका मन्दिरको माथिल्लो सिंढीमा चढेर माइकबाट निर्देशन दिनु भयो–फायरको लागि तयार होऊ ।

अन्त्यमा केही सीप नलागेपछि हाम्रा साथीहरु भगाभाग गर्न थाले भने केही डरले बेहोस भई लडिरहेका थिए । बाँकी साथीहरु (खतर) भन्दै लडिरहेका साथीहरुलाई बोक्दै दौडन थाले । पहिले कहिल्यै भूतसँग नडराउने र भूतप्रेत छैन भन्ने विश्वास गर्ने हाम्रा कमान्डर साहेब त्यो घटना पछि भूतप्रेतलाई मान्न थाल्नुभयो । हाम्रा केही साथीहरु एक महिनासम्म बिरामी भए । यसरी बेहोस हुने सैनिकहरु मध्ये ६ जना सैनिकको घटनास्थलमै मृत्यु भएका थियो । खत्रीका अनुसार यो घटना २०४१ सालमा आश्चर्यजनकरुपमा भएको थियो । त्यस घटना भएदेखी त्यस भूतखेत चौरलाई खतरा क्षेत्रको रुपमा घोषित गरियो । त्यो बेला देखि त्यहाँ कमान्डो अभ्यास गर्न रोकावट भयो ।
टोखाका ६८ वर्षीय वृद्ध सानु डंगोलले के देखे
यससम्बन्धमा टोखाका ६८ वर्षीय वृद्ध सानु डंगोल भन्छन्–“त्यस बेला माघमा अति जाडो थियो । भूतखेल चौरमा गाई पनि चराउने,दिनभरि घाम पनि ताप्ने भनेर म त्यहाँ पुगेको थिएँ । म भूतखेल चौरमा पुग्दा टोखा आर्मी क्याक्पका सैनिकहरु बारुद पड्काउनुका साथै गोली हानेर कोर्स गर्दै थिए । हामी केही गाउँलेहरु मसानकाली माईको मन्दिरमा उभिएर चाख मान्दै हेर्दै थियौँ । १०–१२ जना सैनिकहरु मसानघाटनिरको खाल्टोभित्र पसेर गोली हान्दै थियो । अचानक त्यहाँ भूतप्रेतहरु आफसेआफ निस्किएर हातमा तरबार लिई सैनिकहरुको अगाडी उफ्री–उफ्री नाच्न थाले । सैनिकहरु त एकछिन अलमलमा परेर हेरेको हे¥यै भए ।
केही टोखाका मान्छेहरु भूत...भूत ! भनी डरले भाग्न थाले भने सैनिकहरुचाहिँ आफुलाई खानलाई आएको भन्ने ठानी भूततर्फ गोली र बारुद वर्षाउन थाले, तर भूतप्रेतलाई केही भएन । हामी हेर्ने मान्छेहरु नै डरले थरथर कामिरहेका थियौँ । सैनिकहरुले जति सुकै गोली हाने पनि भूतप्रेत मरेनन् बरु झन सक्रिय भएर सैनिकहरु भएको ठाउँतर्फ उफ्री–उफ्री आउन थाले । सैनिकहरु डरले खाल्टोभित्राट फुत्तफुत्त उफ्रिएर भाग्न सुरु गरे । त्यो अचम्मको दृश्य देखेपछि मलाई एकतर्फ हाँसो उठ्यो भने अर्काेतर्फ आफु पनि मरिन्छ कि भनी डर लागेर आयो । मैले त्यसै बेला जीवनमा पहिलो पटक आफ्नै आँखाले भूतप्रेत देखेको हुँ ।”
क्रमशः....
Post a Comment