लुट्ने माईक्रो बस लुटाउने यात्रु

चैत्र १० गते शनिवार, काठमाडौं -  सुरु गरौँ एउटा ताजाताजा विषयबाट आज माईक्रो बसले मनपरी ढंगले यात्रुहरुसंग भाडा उठाएको भन्दै टोखामा माईक्रो बसका सहचालक माथी यात्रुहरुले  हातपात  गरेको छ । माईक्रो बस समितिले निर्धारण गरेको भाडादर भन्दा बढी भाडा लिएको भन्दै यात्रुहरुले सहचालक माथी हातपता गरेको हो । हुन त आज माईक्रो बस राम्रो संग चलिरहेको थिएन फाटफुट रुपमा मात्रा एक दुई वटा चलि रहेको थियो । यसको फाईदा उठाई माईक्रो बसले आफ्नो मनपरि भाडा यात्रुहरुबाट उठाइरहेको थियो । हुन पनि कति सम्म भन्नुस न समितिले कायम गरेको भाडा दर भन्दा द्बोबर । समितिले कायम गरेको भाडादर  अनुसार टोखा देखी सामाखुशी सम्म जाँदा सर्वसाधारणले रु १० रुपैया र विद्यार्थीले रु ७ रुपैया तिरे पुग्थ्यो । र जमल सम्म क्रमिक रुपमा रु १८ र १० रुपैया मात्र तिरै पुग्थ्यो । तर आज माईक्रोले सामाखुशी देखी टोखा सम्म प्रत्येक यात्रु संग रु २० का दरले मनपरि ढंगले भाडा असुलि गरी रहेको थियो । यो मनपरि भाडा उठाएको भन्दै यात्रुले सहचालक माथी हातपात गरेको थियो । यस्तो कुरामा तपाई हामी सबैलाई उनिहरुमाथी रिष उठ्नु पनि स्वोभाविकै हो ।
            टोखामा हाल २३ नम्बर रुटको माईक्रो बस सञ्चालनमा छ । यसको एकतन्त्रिय साशन छ भन्दा खासै फरक नपर्ला। यसको हर्कट हेर्ने हो भने यस २३ नम्वर रुटको माईक्रोलाई सञ्चालनमा रोक लगाउदानि फरक पर्दैन । विहान विद्यार्थीहरु कलेज जाने समयमा माईक्रो पाउँदैन ।विहान ५ः३० बजे यताबाट हिडी सकेको हुनु पर्छ यदि सुरु देखि किलास लिने हो भने तर माईक्रो पाउदैन । जब जब कलेज टाईम सकिदै जान्छ तब माईक्रो बसको लाम लाग्ने गर्छ माईक्रो पार्कमा । के यो एउटा सेवा प्रदान गर्नका लागि सञ्चालित भएको  यस्तो ब्यवहारा गर्नु कहाँ सम्मको न्याय संगतको कुरा हो ? यो लेखक स्वंयमको कुरा गर्ने हो भने म अहिले नेपाल मानविकि कलेज (आर .आर) मा स्नाकत तहमा अध्ययन गर्दै छु । मेरो पहिलो पिरेड विहानको ६ बजे देखि सुरु हुन्छ यहाँ बाट रत्नपार्क सम्म पुग्न करिब ५० मिनेट देखि एक घण्टा समय लाग्छ माईक्रो बसबाट जाँदा पनि अब भन्नुस् के म मेरो पहिलो पिरेड लिन् सक्छु होला ? जब कि माईक्रो बस आउँछ ५ः३० बजे  जसका कारण मैले प्राय जसो सधैँ पहिलो पिरेड मिस गर्नु पर्थ्यो । यो एउटा सबैको प्रतिनिधित्व गर्न वास्तविक उदाहरण मात्र हो । यस्ता कयन कुराहरु छन् माईक्रो बसका कारण सिर्जित समस्याहरु ।
                एउटा विदमबनाको कुरा यस्तो समस्या भई रहँदा पनि हाम्रा अभिभावक तथ गाउँको नेतृत्व गर्ने ब्यक्तिहरु मौन बसिदिँदा मलाई छक्क लाग्छ । के यो समस्या भनेको हामी विद्यार्थीको मात्र हो र ? पकै पनि होईन यो समस्या हाम्रा अभिभावक तथा गाउँको नेतृत्व गरेर बसि रहेका सबैको साँझा समस्या हो । यहाँ निर फेरी एउटा प्रशंङ्ग कोट्याउँ हाम्री प्रायजसो अरुको काम नगरी घरको गुजारा गर्न नसकिने अभिभावक तथा कामदारहरुलाई समेटको समस्या यस्तै नै छ । काममा जाने समयमा माईक्रो नै हुँदैन । एउटा आउँछ ४०-५० जना त्यसमा अट्ने कुरै भएन सबै हुरुरुरु माईक्रो बस भित्र पस्न तछाडमछाड गरेर हुईकिन्छन् । किनकि सबै लाई आफ्नो काममा समयमा पुग्नु छ । त्यो २४ जनाको माईक्रोमा तिई ३५ जना मानिसहरु गुन्दुक कोचे जस्तो कोचिएर आफ्नो गणतब्य तर्फ लाग्छन् । अस्जिलो भएर के गर्ने आफ्नो गणतब्य सम्ममा त पुग्नु नै पर्यो । यस भेगमा मानिसहरु यस्तो जोखिम पुर्ण यात्रा गर्न बाध्य भई रहेका छन् । विशेषत महिला वर्गहरुलाई निकै नै सास्ति खेप्न बाध्य भएका छन् । तपाई एक पल्ट सोच्नुस त कोचाकोच भइरहेको गाडीमा उभिएर बस्नु पर्दा कस्तो हाल्त होला,त्यो पनि निहुरिएर पुरुषहरुको बीचमा ? र चालक तथा सहचालकहरुले यात्रुहरु माथी गरिने  दुरव्यवहार । यो दृश्य देख्यो भने तपाई हामी जोसुकै पनि माईक्रो बस चालक र सहचालक माथी रिषको पहाड विसाउन पुग्छौं । 
          दैनिक माईक  बस ८ वटा टोखामा चल्छ रे  माईक्रो बस ब्यवस्थापनका अनुसार । फेरी त्यो नि समयमा आउदा हुन्थ्यो नि आए पो ।रत्नपार्क थमेल  समाखुशी ग्रीणल्यान्ड हुँदै टोखा आउने भएकोले त्यसमा टोखाको बासिन्दा नै चढ्न पाउँदैन । हैरा नै हैरान छ माईक्रो बसको ।  यता माईक्रो बस ब्यवस्थापनको कुरा गर्ने हो भने हाल सम्म पनि त्यसका प्रतिनिधिहरु टोखामा कोहि पनि छैन । यात्रुको मर्का कसले सुन्ने । बिना प्रतिनिधिको आफ्नो माईक्रो सञ्चालनमा ल्याईनै रहेका छन् । यहाँ सम्मन कि एक जना टाईम किपरको समेत छैन । हामी टोखाबासी कति सम्मका उदार बिचार भएका छौं एक चोटि सोच्नुस त। जसका कारण चालक तथा सहचालकहरुले मनोमानि गर्ने ठाउँ प्रशस्तै दिई रहेका छौं ।
                 तर हामी केही पनि नभनि उनिहरुको मनपरीतन्त्र चुप्चाप सहि बसि रहन्छौं । हामीले कहिले पनि त्यसको प्रतिकार गर्न खोजेनै । हामीले यो कुरा कहिले पनि सोचे नैं कि माईक्रो बस सञ्चालकहरुले हामीलाई ढगी रहेको छ । सेवाको नाममा हामी माथी अन्याय गरी रहेका छन्, शोसन गरी रहेका छन् । हामीले समितिलाई भन्नु सक्नु पर्थ्यो कि हामीलाई माईक्रो बस पुगेन अरु पनि थप्नु पर्यो । समयमा आएन समयमा नै माईक्रो आउँनु पर्यो । होईन भन्ने यसलाई यहाँ हामी चलाउन दिने छैनैं ? यति सम्म भन्ने आँट हामी कसैले गरेनैं र त हामीलाई उनिहरुले हेपि रहेका छन् । यदि हामी सबै एक जुत्त भएर उनिहरुलाई दबाब दिन सकेको भए सायद हामीले यो समस्या भोग्नु पर्ने थिएन होला। हाम्रौ कमजोरिका कारण उनिहरुले हामीहरु लाई ठगि रहेका छन शोसन गरी रहेका छन् । हामी हाम्रा रगत पसिना बगाएर कमाएको पैसा तिरेर आफ्नो गणतव्य सम्म पुग्छै के हामीमा यो अधिकार पनि रहेन र आफ्नो रगत पसिना बगाएर कमाएको पैसाबाट शान्त तथा आरामदायी संग यात्रा गर्न ? निश्चय पनि यो अधिकार हामीमा छ, तर हामीले त्यसलाई प्रयोग गर्न सकि रहेका छैनैं ।  हामी निकै नै ढिला भई सकेका छौं यस तर्फ ध्यान पुर्याउन । हामी सबै एक जुत्त भएर यसको विरोधन नगर्ने हो भने हामीले कहिले पनि आरामदायी यात्रा गर्न पाउँने छौनैं ,हामी संधै लुटिनै रहन्छै । यस तर्फ सबैको ध्यान जा‌‍‍‍‍औस ।
        यो त एउटा प्रतिनिधि घट्ना मात्र हुँन यस्ता  कयन ठाउँमा दैनिक रुपमा घटिरहेका छन तर पनि सबै लाचार भएर चुप्चाप बसि रहेका छन् । लुट्नेले लुटि रहेका छन् लुटाउनेले लुटाउदै ,तैं चुप मै चुप ।
       

Post a Comment

Previous Post Next Post