ग्रीनल्याण्डका महिला समुहका कारण माईक्रो बन्द

चैत्र १२ गते सोमबार काठमाडौं , दुई दिन देखि टोखामा माईक्रो बस नचलदा टोखाका बासिन्दाहरुलाई निकै नै मर्का परिरहेको छ । विशेषत कलेज तथा काममा जानेहरु यसको मारमा परेको छ । सामाखुशी यातायात ब्यवसायी संघसंगको कुराकानि अनुसार ग्रीनल्याण्डका महिला समुहको अवरोधका कारण टोखामा माईक्रो नचलेको बताउँछन् । शनिवार ग्रीनल्याण्डमा माईक्रो बसको संख्या नपुगेको र त्यहिं चलाउनु पर्ने माग सहित  केहि माईक्रो बसलाई नियन्त्रणमा लिएर तोडफोड गरेको थियो । ग्रीनल्याण्डमा केहि महिना अघि देखी  माईक्रोबस राख्ने स्थानको अभाव भयो भन्दै माईक्रो बस समितिले त्यहाँ बस नराखि टोखामा चलाउदै आएको थियो ।अब कहिले सम्ममा टोखामा माईक्रो चलछ त भन्ने प्रश्नमा माईक्रो समिति भन्छन् टोखाबासीले ग्रीनल्याण्डका स्थानिय बासिसंग यस सम्बन्धी कुरा नमिलाए सम्म टोखामा गाडी ल्याउन नसक्ने कुरा गर्नु हुन्छ । अब छिटैनै टोखामा राजनीतिक दल तथा स्थानियबासिन्दाले तडकारो ग्रीनल्याण्डका बासिन्दा संग कुरा गरी यसको निकास गर्नु अवश्यक भई सकेको छ।

Post a Comment

Previous Post Next Post