एउटा सानो बस्ती,
गरीव तर सुखले छाएको घरहरुमा
एक हुल धमिराहरु पसेर
घरका एक एक र्ईट्टा देखी लिएर
झ्याल ढोका चौकल खापा
र ढलिनहरुलाई
भित्र भित्रै खाएर
नष्ट पारि रहेका छन ।
धुलो बनाई सकेका छन् ।
उनिहरुको
नाम अलग अलग छ,
तर काम एउटै छ ।
उनिहरुको सिद्धान्त
अलग अलग छ ।
तर दाउ एउटै छ ।
त्यही खाने खोक्रो पार्ने
र ध्वस्त पार्ने
उनिहरुको एक आपसमा
कुरा नमिलेर
धेरै समुहमा बिभाजन भई रहेका छन् ।
समुह समुहमा विभाजन भएर
खाने खोक्रो पार्ने
अभियान
टोल टोल, गाउँ बस्तीहरुमा
फैलाउदै छन ।
उनिहरु विस्तारै विस्तारै
फैलिदै छन् ।
गरीवहरुको घरहरुलाई
खोक्रो पार्दै
गरीवहरुको गाउँलाई
ध्वस्त पार्दै
सरह सम्म पुग्ने लक्ष्यमा लिई
सर तर्फ लम्किदै छन ।
आफ्नो स्वार्थपुर्तीको लागि
उनिहरुले
जे पनि खान सक्छन
जे पनि गर्न सक्छन ।
चाहे गरीवका(काठका) झुपडीहरु होस्,
चाहे धनी मानिहरुको विलिङ्गहरु होस्,
आफुलाई मन परेन भने
खाएरै छोड्छन
ध्वस्त पारेरै हिड्छन ।
कहिले काही
एउटाले मात्र धेरै खाएको
आरोपमा
उनिहरु एक आपसमा फुट्छन ।
खान पाउने
आश्वासनमा
र खान दिने सर्तमा
उनिहरु फेरी जुट् छन,आलो पालो गरी
त्यो गरीवको बस्ती ध्वस्त पर्ने र
खोक्रो पार्ने मन्जुरी नाममा
सही गर्छन ।
अनि खोक्रो पार्ने
र ध्वस्त पार्ने
अभियानलाई अझ सक्रिय बनाउँछ ,
चुस्त दूरुस्त बनाउन सक्दो पहल गर्छ ।
विस्तारै विस्तारै खोक्रो बनाउदै लान्छन ।
खोक्रो पार्दै
ध्वस्त गर्दै
अगाडी बढ्छन्
त्यो गरीवहरुको घर
त्यो गरीवहरुको बस्ती
त्यो गरीवहरुको सहर
ती निर्दयी धमिराहरुले
ती अत्याचारी धमिराहरुले ।
-लेखकः श्याम काजी श्रेष्ठ “अभागि” टोखाली
إرسال تعليق