२०६८ बैशाख २ गते शुक्रवार, टोखा, काठमाडौं
नयाँ वर्षको आगमन संगै सुरु हुने सपनातीर्थ मेला र बिस्केट जात्रा टोखामा हिजो देखि बिधिवतरुपमा सुरु भएको छ । बैशाख १ गते टोखामा रहेको सपनातिर्थ माईको मन्दिरमा ठुलो मेला लाग्ने गर्दछ । यस मेलामा मेला भर्न देशका विभिन्न ठाउँबाट धार्मि आस्था भएका मानिसहरुको निकै नै ठुलो भीड लाग्ने गर्दछ । केही वर्ष यता यस मेलामा मेला भर्न आउनेहरुको संख्यामा निकै नै बृद्धि भई रहेको छ । यस दिन अर्थात बैशाख १ गतेका दिन सपनातिर्थमा रहेको पोखरीमा नुहाउनाले रोगहरु निको हुने जनविश्वास रहंदै आई रहेको छ ।
यसै दिन दिउसो ४ बजेतिर भुतखेलमा रहेको मसानकाली माईको मन्दिर परिसरमा हृदयविदारक होम गरिन्छ । साँझ तिर सपनातिर्थमाईको र चण्डेश्वरीमाईको खटलाई मन्दिरबाट बाजागाजाका साथ टोखा परिक्रमा गर्न लगिन्छ । परिक्रमा पश्चात मन्दिर घरमा लगेर राखिन्छ । भोलि पल्ट अर्था बैशाख २ गते बिहान ७ बजे तिर मसानकालीमाई , सपनातिर्थमाई, चण्डेश्वरीमाईको खटलाई साँस्कृतिक बाजागाजा सहित सिन्दुर जात्रा गरी गाँउ परिक्रमा गराउछ । यसै क्रममा विशाल स्थानिय महिला तथा पुरुषहरुले बसला(विशेष एक प्रकारको कपडा) ओछई सुकुन्दा बालेर,लावा सिन्दुर छरेर जात्रामा सरिक हुने गर्दछ । यो दृश्य निकै नै रोचक र मनमोहक हुने गर्दछ । यस संग सम्बन्धीत केही फोटो फिचर....
पहिलो दिन
|
विहान १२ः१५ बजे सपनातिर्थ पोखरीमा स्नान गर्दै |
|
दिउसो पानी पर्दा देखेको दृश्य |
|
मेला भर्न आएका भक्तजनहरु रमाईलो गर्दै |
|
मसानकालीमा हृदयविदारक होमको तयारी गर्दै |
|
सपनातिर्थमाईको खटलाई गाँउ परिक्रमा गराउदै |
दोस्रो दिन बिहान
|
मसानकाली माईलाई गाँउ परिक्रमा गराउदै |
|
सिन्दुर जात्रामा सहभागि |
|
सिन्दुर जात्रामा सहभागि बाँसुरी बजाउदै |
إرسال تعليق