सुरु भयो टोखा बिस्केट जात्रा

२०६८ बैशाख २ गते शुक्रवार, टोखा, काठमाडौं
               नयाँ वर्षको आगमन संगै सुरु हुने सपनातीर्थ मेला र बिस्केट जात्रा टोखामा हिजो देखि बिधिवतरुपमा सुरु भएको छ । बैशाख १ गते टोखामा रहेको सपनातिर्थ माईको मन्दिरमा ठुलो मेला लाग्ने गर्दछ । यस मेलामा मेला भर्न देशका विभिन्न ठाउँबाट धार्मि आस्था भएका मानिसहरुको निकै नै ठुलो भीड लाग्ने गर्दछ । केही वर्ष यता यस मेलामा मेला भर्न आउनेहरुको संख्यामा निकै नै बृद्धि भई रहेको छ । यस दिन अर्थात बैशाख १ गतेका दिन सपनातिर्थमा रहेको पोखरीमा नुहाउनाले रोगहरु निको हुने जनविश्वास रहंदै आई रहेको छ ।
               यसै दिन दिउसो ४ बजेतिर भुतखेलमा रहेको मसानकाली माईको मन्दिर परिसरमा हृदयविदारक होम गरिन्छ । साँझ तिर सपनातिर्थमाईको र चण्डेश्वरीमाईको खटलाई मन्दिरबाट बाजागाजाका साथ टोखा परिक्रमा गर्न लगिन्छ । परिक्रमा पश्चात मन्दिर घरमा लगेर राखिन्छ । भोलि पल्ट अर्था बैशाख २ गते बिहान ७ बजे तिर मसानकालीमाई , सपनातिर्थमाई, चण्डेश्वरीमाईको खटलाई साँस्कृतिक बाजागाजा सहित सिन्दुर जात्रा गरी गाँउ परिक्रमा गराउछ । यसै क्रममा विशाल स्थानिय महिला तथा पुरुषहरुले बसला(विशेष एक प्रकारको कपडा) ओछई सुकुन्दा बालेर,लावा सिन्दुर छरेर जात्रामा सरिक हुने गर्दछ । यो दृश्य निकै नै रोचक र मनमोहक हुने गर्दछ । यस संग सम्बन्धीत केही फोटो फिचर....

पहिलो दिन


विहान १२ः१५ बजे सपनातिर्थ पोखरीमा स्नान गर्दै



दिउसो पानी पर्दा देखेको दृश्य

मेला भर्न आएका भक्तजनहरु रमाईलो गर्दै


मसानकालीमा हृदयविदारक होमको तयारी गर्दै

सपनातिर्थमाईको खटलाई गाँउ परिक्रमा गराउदै

दोस्रो दिन बिहान
मसानकाली माईलाई गाँउ परिक्रमा गराउदै

सिन्दुर जात्रामा सहभागि

सिन्दुर जात्रामा सहभागि बाँसुरी बजाउदै




Post a Comment

Previous Post Next Post