२०६७चैत १२ -आज शनिवारको साहित्य दर्पणमा हामी शाले शेरचनको कविताको साथमा आएका छौँ ।
सफलता र असफलता
हरेक विहान म
मसानघाटमा जान्छु
अनि चिर निन्द्रामा परेको मानिसलाई
विउझाउन खोज्छु ।
अरु, विहान
मन्दिरमा जान्छन् ।
तर म
मसानघाटमा जान्छु ।
अरु मन्दिरमा
देवतालाई जगाउन खोज्दछन् ।
तर म मसानघाटमा
मरेको मानिसलाई
उठाउन खोज्दछु ।
आमा !
“न जा छोरा” भन्नुहुन्छ ।
बाबा !
“त्यसो नगर छोरा” भन्नुहुन्छ ।
तर अनायास मेरा पाइला सधै
एउटा आशा लिएर
हरेक विहान मसानघाटमा जान्छ ।
म लाश अगाडी
जीउदो लाश सरी उभिन्छु ।
त्यो लाश उठ्छ कि भन्ने पर्खाइमा
बकुल्ला सरी वर्षौ पर्खन्छु ।
तर त्यो लाश कहिल्यै उठेन
यसरी हरेक विहान म
मसानघाटमा जान्छु ।
लाशलाई उठाउन खोज्छु ।
नउठेको देखेर
म निराश हुन्छु
अनि, आफ्नो चिहानमा
आफ्नै चितालाई
आफैले जलाउँछु ।
अनि
आफ्नै अस्तु आफै बोकी
हरेक विहान घर फर्कन्छु ।
अनि तपाईलाई थाहा छ
आफ्नो किर्या आफै बस्छु ।
अनि
आफ्नो किर्या आफै बस्छु ।
– ‘शाले’ शेरचन
नेशनल कलेज
यहाँहरु संग पनि यस्तै कुनै पनि साहित्यिक रचनाहरु भएमा हामीलाई मेल गरी पठाउन नभुल्नु होला ।
email :newsof tokha@gmail.com
Post a Comment