साहित्य दर्पण

फाल्गुण २१ शनिवार
भिखारी
 सडक गल्ली घुम्दै,
एउटा जीवन रोइरहेको,
हेर त्यो घाउ बोकी,
जीउँदै यहाँ मरिरहेको ।

बहिरा अन्धाकै संसार,
के सुन्ला ? देख्ला के ?
भोकको एक बच्चा ली,
पाल्न यत्रतत्र चरिरहेको ।
अर्धचेतन त्यो अंगार,  
उसको छैन घरबार !
अञ्जुली थापी यहाँ वाहाँ
एउटा श्वास पालिरहेको ।

सुन्दर सपना विपना, 
म¥यो उसको त्यो मनमा ।
लिई आशा बाँच्ने एउटा
घामपानीमा भौटारिरहेको ।

छन् दयालु तर छन् कम
जगतमा दया निकोतन !
स्वार्थकै दलदली बिच,
हेरे ऊ यसरी फसिरहेको !

पूज्छन् मानिस ढुङ्गाको द्योता
सजीव देख्दैन यहाँ मरेको । 
के देख्छ ? ढुङ्गाकै मुट देख्तैन,
दुःखको जेहेरले छतपटिरहेको । 
                    — रविन्द्र डंगोल 
                          खोकना


Previous Post Next Post