एक वर्षको यात्रा...

ने.स.११३१ पुष १८ आईतबार
         यस ब्लगको सुरुवात भएको पनि थहाँ नै नपाई आज एक वर्ष विति सके छ । टोखाको जीवन्त संस्कृति तथा यसको विविध गतिविधि लाई संसार सामुने फिजाउने उद्देश्यका साथ मैले यस ब्लगको सुरुवाट गरेको थिए । ऐतिहासिक तथा साँस्कृतिक महत्व बोकेको प्राचीन सहर टोखा देशको राजधानीमा रहेर पनि प्रचार प्रसारमा त्यति आउन नसकि रहेको अवस्थामा केहि हद सम्म भए पनि यसको प्रचार प्रसार गर्नमा टेवा पुर्याउने उद्देश्यका साथ म अगाडि बडी रहेको छु । यो नै टोखाको जीवन्त संस्कृति र विविध गतिविधिलाई समेत्ने टोखाको एक मात्र पहिलो ब्लग भएको छ आजको दिन सम्ममा ।
       मेरो चाहाना यो थियो कि टोखाको जीवन्त साँस्कृतिक पक्षलाई विश्व समुदाय सम्म फिजाउने र रोजगारी तथा विविध कारणले बिदेशीनु भएका टोखालीहरु लाई टोखामा भई रहेका विविध गतिबिधिका सूचनाको जानकारी दिनु । सात समुन्द्र पारी रहेता पनि आफनो मातृभुमि आफु सामुने नै रहेको महशुस गाराई रहनु पनि हो । वेव पेजको बारेमा केहि पनि जानकारी नभएको ब्यक्ति म त्यतिकै चलाउदै जाँदाजाँदै आज यस ब्लगलाई यहाँ सम्म ल्याई पुर्याउन म सफल भएको छु । एकलो प्रयासमा यस लाई निरन्तर अगाडी बडाई रहेको छु । मेरो ब्यस्त समयको बावजुट पनि यस लाई केहि समय दिएर निरन्तर्ता दिई नै रहेको छु । एकातिर मेरो पढाई अर्को तिर मेरो काम यसले गर्दा यस ब्लगलाई राम्रो संग समय दिन सकि रहेको छैन । चाहेर पनि मैले टोखाका विविध गतिविधिलाई समेत्न सकि रहेको छैन तर मेरो प्रयास भने निरन्तर जारी नै छ त्यसलाई समेत्ने मेरो प्रयास रहि रहने छ ।
       हाल यो पेज विश्वका करिब ५०  भन्दा बढि देशबाट हेरी रहेको छ । यस पेजलाई हेर्नेको संख्या पनि दिनदिनै बर्दो छ । यसमा म निकै नै खुशीको महशुस गरी रहेको छु मेरो प्रयास त्यतिकै खेर गएन छ भनेर । तर दुःख यो कुरामा लागि रहेको छ कि मैले टोखामा भई रहेका सबै गतिविधि तथा सूचना लाई राम्ररी समेत्न नसकि रहेकोमा । पछिल्लो तथाङ्क अनुसार यो पेज नेपाल बाहेक बढि  South Korea  बाट हेरिएको पाईएको छ भने क्रमशः United States, United Kingdom , United Arab Emirates, Australia, Qatar, Ukraine, Germany , Russia, Sweden लगाएतको देश बाट हेर्ने गरेको पाईएको छ । यसरी हेर्दा यो पेज हेर्नेको संख्या विस्तारे हृवात बढि रहेको देखिन्छ । यो खुशीको कुरा हो नै ।
        ख्याल ठट्टामा सुरु भएको यो पेजलाई हेर्नेको संख्यामा हृवात बढे पछि ममा टोखा प्रतिको जिम्वेवारी अझ थपिएको महशुस भई रहेको छ । अब भने यो जिम्वेवारीलाई कसरी निभाउने हो भन्ने कुराले मलाई पिरोल्न थालेको छ । एकलो प्रयासमा संचालन भई रहेको यो पेजमा विविध कारणले गर्दा आफुले सोचेको जस्तो सामाग्रीहरु प्रकाशन गर्न सकि रहेको छैन यो मेरो कमजोरी रह्यो । आगामि दिनहरुमा म यो कमि कमजोरीहरु लाई सुधार्दै अगाडी बढने प्रसायासमा छु । टोखामा भई रहेका हरेक किसिमका गतिविधि तथा सूचनाहरुलाई सके सम्म समावेश गर्ने कोशीस मेरो रहने छ ।
          अन्तमा यस पेज(ब्लग)लाई माया गर्नु हुने र टोखालाई माया गर्ने र टोखा प्रति सदभाव राख्ने सबै प्रति आभार प्रकट गर्दछु । एउटा छुटाउन नै नहुने कुरा यस ब्लगलाई निरन्तर्ता दिनका लागि मलाई आथिक रुपमा क्यामरा किन्न सहगोग गर्नु हुने टोखा चण्डेश्वरी २ निवासि (हाल दक्षिण कोरियामा कार्यरत) मदनलाल श्रेष्ठ प्रति म निकै नै आभार व्यक्त गर्दछु । उहाँको सहयोगले गर्दा टोखाको जीवन्त साँस्कृतिक तथा विविध पक्षको तस्विरलाई यस ब्लगमा संग्रहित गर्न पाएको छु । उहाँको सहयोग र हौसलाले गर्दा पनि यो ब्लगले यहाँ यहाँ सम्मको यात्रा तय हरेको छ । यस ब्लगमा देखेका कमि कमजोरीहरुलाई केलाइ सल्हा सुझाव दिन नभुल्नु होला । साथै टोखाको साँस्कृतिक पक्ष लेख,तथा अन्य जानकारी तपाई संग भए मलाई newsoftokha@gmail.com मा पठाउनुस् त्यसलाई म प्रकाशन गर्ने छु । नयाँ वर्ष २०११ को शुभकामना यस वर्ष यहाँको दिन शुभ रहोस् ।

Post a Comment

Previous Post Next Post