७ वर्ष देखिको समस्या कहिले समाधान .........

टोखा, काठमाडौं
ने.स. ११३१
       
         बिगत ७ वर्ष देखि टेलिफोन सेवाबाट बञ्चित टोखाका जनताहरुले अहिले सम्म पनि टेलिफोन सेवा पाउँन सकिरहेको छैन । नेपाल टेलिकमको बासंवारी शाखाबाट टोखामा टेलिफोन सेवा प्रदान गर्दै आइ रहेको थियो । पट्क पट्क टेलिफोनको तार चोरी भए पछि टोखाबासी नेपाल सरकारले प्रदान गर्दै आइ रहेको टेलिफोन सेवाबाट सम्पर्क बिहिन भएका छन् ।
          
          टोखाबासी,राजनीतिक दल तथा स्थानिय संघ संस्थाहरुले पट्क पट्क  नेपाल टेलिकमको बासंवारी शाखा र सञ्चार मन्त्रालयमा गएर डेलिगेसन दिए पनि आश्वासन सिवाय केहि पाउन सकेको छैन ।  पट्क पट्कको जानकारी पछि पनि केहि नलागेपछि टोखाका वासिन्दाहरु यो समस्या समाधान हुने कुरामा शंका गर्छन । धेरै पट्कको प्रयास पछि पनि केहि नलागे पछि  अब भने यस विषयमा सोच्न नै छोडी सकेका छन् । त्यस माथी पनि मोबाइल सेवाले गर्दा यस विषय प्रतिको चासो कम हुँदै गइ रहेका छन् । 
         
          यस सेवा अबरुद्ध भए पछि टोखावासी नेपाल सरकारको सूचना तथा सञ्चार प्रबिधी प्रयोग गर्न बाट बञ्चीत हुन पुगेका छन । टेलिफोनको तार एक एक गरी सबै चोरी भै सकेको छ अब बाकीँ छ त केबल तारको पोल मात्र । यसले गर्दा टोखामा फोन सेवा सुचारु गर्न भने निकै नै समय लाग्ने निश्चित नै देखिन्छ । २१ ओ शताब्दी भनेको सञ्चार र प्रबिधीको युग हो । देशको राजधानिमा रहेको ठाउँमा त सरकारले सुबिधा दिन सकि रहेको छौन भने देशको दुर दराजका जनताहरु समक्ष् यसको पंहुच पुग्ने कुरामा शंका नै लाग्छ । 
टेलिफोनको तार चोरी भइ सक्यो अब टेलिकमको पोल मात्र बाकीँ

टेलिफोनको तार चोरी

तार चोरेर फालि रहेको दृश्य्

Post a Comment

أحدث أقدم