टोखा काठमाडौं
मंसिर ६ गते
नेपाल सम्वत् ११३१ कछला
यो पर्व कार्तिम्क शुक्लपक्षमा पर्छ । पूर्णिमालाई टोखामा पुन्ही भनेर जानिन्छ । यस पर्व लगातार ५ दिन बेलुका टोखामा भजन मण्डलिहरुले विभिन्न खाद्य परिकार भुतेको (मुसाय) भतमास, (छोव) गँहु, बदाम कनी (मकै) तथा फलफुल आदि उपयोग गरी देवीदेवताको आकृति सुकुलमा बनाउने चलन छ । बेलुकीको भजन सके पछि खलकका नायिकेले इशारा गरे पछि भजन श्रवण गरिरहेको सबै व्यक्तिहरु तँछाड मछाड गरी खाद्यन्नबाट देवता आकार बनाइरहेको खाद्यान्न सोहोर्छन् । यो खाद्यान्न सोहोर्न ससाना केटाकेटी देखी युवा र वृद्धाहरु समेत तँछाड मछाड गर्ने गर्दछन् । अझ युवाहरु समुह समुहमा बसेर उक्त खाद्यान्न सोहोर्न बसि रहन्छ । यो दृश्य हेर्न निकै नै रमालो हुने गर्दछ । देवताका आकारमा बनाउन उपयोग गरिएका विभिन्न खाद्यपरिकारहरु प्रसादको रुपमा खान सकेमा पेट दुख्ने रोग निको हुने जन विश्वास रहदै आइ रहेको छ ।
भजन खलःहरु यस दिन बुढानिलकण्ठ सम्म पुगेर भजन प्रस्तुत गर्दछन् । बेलुका चण्डिकेश्वर महादेव र चण्डेश्वरी देविलाई खटमा राखेर गाउँ परिक्रमा गराउने चलन छ । यस दिन टोखामा सखरअण्ड र पिंडालु उसिनेर खाने चलन पनि रहँदै आइ रहेको छ ।
केहि झल्कहरु
चण्डेश्वरी माई |