टोखामा आज खड्गजात्रा माईयो

टोखा काठमाडौं कार्तीक १ गते




निकै नै रोच्क तथा मनोरम जात्रा खड्गजात्रा आज बिहान सकिएको छ । 

प्रत्यक वर्ष दशैंको टिकाको भोलि पल्त अर्थात एकादशीको दिनमा यो जात्रा मनाइने गर्दछ । तलेजु मन्दिरमा हुने यो जात्रा टोखाको एक महत्वपुर्ण जात्रा मध्य एक पर्दछ । 

यो जात्रा टोखाको ईतिहाश संग निकै नै घनिष्टरुपले जोडिएको जात्रा हो।यस दिन बाँसमा फूल सजाएर निकै नै आर्कषक  र विशेष प्रकारले जात्राको लागि तयार पारिएको  बाँसको छत्र भित्र खड्ग लुकाएर मनाइने जात्रा भएकोले यस जात्रालाई खड्ग जात्रा भिनिएको हो ।१३ जना थकालिहरु संगै आएको सहयोगीहरुले उक्त छत्र समाहि दिनछन् । यस जात्रा शुरु गर्न जीवित देवी कुमारी र गणेशको आगमन नभए सम्म सुरु गरिदैन । जीवित देवी कुमारी र गणेशलाई बाजागाजा सहित सम्मान पुर्वक उनिहरुको घर बाट तलेजुको मन्दिरमा ल्याए पछि मात्रा यो जात्रा सुरु हुने क्रम अगाडी बद्छ । 

किंबदन्ती अनुसार तलेजु मन्दिरमा रहेको १३ वटा खड्ग सहितको भगवती देवी रहेकी छिन् । यी देवीलाई क्तपुर बाट ल्याएको विश्वास गरिन्छ । त्यसैले खड्गजात्रा गर्दा बाँसभित्र लुकाएर फूलैफूलको छत्रजस्तो आकृति बनाई ढाक्ने गरेको मान्छेहरु बताउँछन् ।

विजया दशमीको दिनको दिन हुने यस जात्रामा समावेश गरिने कुमारी र गणेशलाई जालीदेवता नारायण मन्दिर घुमाएर ल्याएपछि निश्चित ठाउँमा अड्याइन्छ । त्यस पछि मूलनाइकेले पूजा गर्छन् । जालीदेवता ल्याउनेहरुलाई बलिको लागि भुइफर्सी कुभिण्डो दिइन्छ । तलेजु मन्दिरको नजिक रहेका उस क्षेत्रका सुरक्षादेवता क्षेत्रपालमा लगेर्र भुइफसी काट्छन् । ओषधि हुने विश्वासले गर्दा काटिएको भुइफसी पाउन मान्छेहरु लुछाचुउँडी गर्छन् । यो हेर्न लाएको जात्रा समेट बन्दछ ।

यस कार्यक्रम पछि देंभकालिलाई अगाडी लगाएर १३ जनाले खड्गको रथ बोकी सकेसम्म दौडिदै तलेजुमन्दिर तीर अगाडि बढ्छन् । तलेजु मन्दिरमा पुगेपछि मूलनाइकेले रथमा भएको फूलमाला कुमारीलाई चढाउँछन् । र अन्य थकालीलाई एउटा एउटा माला दिन्छन् । जात्रा हेर्न आएका श्रद्धालु भक्त जनहरु लाई पनि  फूल प्रसादको रुपमा बाँडने गर्दछ । 
                                               केही थप फोटोहरु 



जीवित देवी कुमारी र गणेश दाँया बाट क्रमश
सर्वसाधारणहरुलाई प्रसाद दिइदै जीवित देवी कुमारी
जात्रा शुरु गर्न गरिने पूजाको लागि लाममा बस्दै थकालिहरु
मुल थकाली
खड्ग हातमा बोकि तलेजु मन्दिरबाट बाहिर निस्कदै थकालीहरु

Post a Comment

Previous Post Next Post